तिप्लिङ न्यूज , फुुुुलमान मोक्नतान सिन्धुपाल्चोक 

मिति २०७५ अशोज ४ गते 

ईन्द्रावती गाउँपालिका को आर्थिक सहयोग तथा इन्द्रावती गाउँ पालिका शिक्षा कार्यलय द्वरा आयोजित इन्द्रावती गाउँपालिका माविस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भयको छ।

इन्द्रावती गाउँपालिका का अध्यक्ष बंशलाल तामाङको प्रमुख अतिथ्या र ऐसेलुखर्क माबी का प्रधानध्यापक कुन्जरमाणी भट्टराई को सभापतित्वमा ऐसेलुखर्कमा कार्यक्रम भयको हो ।

संविधान दिवसको अवसरमा आयोजित वक्तृत्व कला प्रतियोगिता हाम्रो संविधान र बाल अधिकार भन्ने विषय मा रहेको थियो।

त्यस्तै कार्यक्रम मा विभिन्न बिद्यालयले सन्देशमुलक नाचगान प्रदर्शन गरेका थिए।
प्रतियोगिता मा नवलपुर मावी का सावित्रा तामाङ ले प्रथम स्थान हासिल गर्दै नगद रु १५ हजार सहित मेडल र प्रमाणपत्र हात पारिन,त्यस्तै ऐसेलुखर्क माबिका मेरिना अधिकारी ले
दोस्रो स्थान हासिल गर्दै नगद रु १० हजार सहित मेडल र प्रमाणपत्र हात पारिन त्यस्तै
चण्डेश्वरी माबी का सुजन कुवर भने तितृय स्थान मा सिमित हुँदै नगद रु ५ हजार सहित प्रमाणपत्र हात पारिन कार्यक्रममा प्रथम,दोस्रो र तेस्रो स्थान हसिल गर्ने लाई मेगा बैंक को तर्फबाट डायरी बक्स पनि बितरण गरिएको थियो।

प्रथम ,दोस्रो,तेस्रो लाई बधाइ ग्यापन गर्दै अध्यक्ष तामाङ ले भने यो र हार जितको लागि गरिएको प्रतियोगिता होइन विशेष गरि बिद्यार्थीहरुमा भएको प्रतिभा बाहिर प्रस्फुटन गर्ने अथक प्रयास गरेको उनले बताए।