मिति २०७५ असोज ३ गते काठमाडौं 

गायक ओम तामाङ वाईबाको सेलो भाका ` तामाङले सेलो गित गाउँछ नक्कलि पिरति काहा लाउछ ´ सार्वजानिक भय यता चर्चा नै चर्चा चलिरहेको छ ।

आस्मान लोप्चन को शब्द रचनामा बनेको गितको भिडियो क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरिएको हो । निरोज लामाको संगित रहेको गितमा अभिनय र निर्देशन ओम तामाङ वाईबाकै रहेको छ।
भिडियोमा ओम लाई सुस्मा मोक्तान अस्मि स्याङतान राजेन्द्र वाईबा र प्रितम तामाङले साथ दिएका छन ।

सुर्य लामाको छायांकन सम्पादनमा बनेको भिडियोले युटुबमा राम्रो दर्शक पायको छ।
नृत्य प्रशिक्षक बाट मोडलिङ गर्दै निर्देशन समेत गरेका ओम तामाङले पछिल्लो समय गित पनि गायका हुन ।

अहिले सम्म दर्जन भन्दा बढि गितमा अभिनय गरिसकेका उनले तिन वाटा गित हाम्रो मेलम्चि, सोल्टिनि कान्छि र तामाङले सेलो गित गाउछ बोलको गितहरु बजारमा ल्याईसकेका छन ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका दुवाचौरमा जन्मेका गायक ओम तामाङ अब गायनलाई प्राथमिकता दिने बताउछन ।
गित संगितमा गाउनेहरु धेरै आउछन हराउछन तर आफुले भने निरन्तरता दिने बताउछन । अबका दिनमा बर्षको एउटा गित गाउछु तर राम्रो उत्कृष्ट गितमात्र बजार ल्याउनेछु भन्दै आफ्नो गित संगितलाई माया गरिदिन सबै दर्शक स्रोतालाई आग्रह समेत गरे ।