मिति २०७५ भदौ १५ सिन्धुपाल्चोक 

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका ईचोक पुरानोगाउको सोनाम तामाङको गोरुले दूध दिन थालेको छ ।

सुन्दा अचम्मको कुरा पत्यार नलाग्ने कुरा तर बास्तबिकमा कुरा यहि भयको छ । सोनम तामाङको घरमा हिजो आज गोरुले दूध दिएको हेर्न गाउलेको भिडनै लाग्छ । गोरुले दिनको बिहान र बेलुका गरि १ माना दूध दिने गरेको छ । तामाङले दिनहु दूध दुन्छन र सबै गाउलेलाई प्रशादको रुपमा बाँड्ने गर्छ।
कहि कतै नसुनेको यो कुराले सबै गाउलेहरु छक्क परेका छन ।

गोरु धनि तामाङका अनुसार गत जेठ देखि गोरुको अण्डाकोष छेउको थुन बाट दूध जस्तै सेतो पदार्थ खस्न थालेको र दूध होकि भनेर दुहदा दूधनै भयको थाहा पाय । गोरुलाई गाउलेहरु सबैले शिवजिको साढे नन्दि भनेर पुजा समेत गर्न थालेका छन । गाई र गोरुको दुधमा खासै फरको भने देखिदैन ।

पशु स्वास्थकर्मिहरु भने गोरुबाट दूध आउनुमा हर्मोनको गडबढिको कारण हुन सक्ने बताउछन । गोरुले दूध दिनु बैज्ञानिक रुपमै असम्भब भयको कारण अहिले पशु बिशेषज्ञले यस्को बारेमा विशेष अध्यान गरिरहेको छ ।