मिति २०७५ भदौ १३ काठमाडौं 

तामाङ चलचित्रका चर्चित खलनायक एवम समाजसेबि बिकु थोकरले आफ्नो जन्म दिनमा नयाँ कामको सुरुवात गरेको छ ।

जन्म दिनको उपलक्ष्यमा सानै उमेरमा बुवा गुमाएका र केहि बर्ष नबित्दै फेरि आमाले पनि छोडेर गएका भक्तपुरमा रहेका प्रभात ईंग्लिश बोर्डिङ स्कुलमा अध्यानरत कक्षा ६ का छात्रा बर्ष १२ को निकिता तामाङ र निरुता तामाङलाई कक्षा ७ देखि SEE सम्म पढ्नको निम्ति लाग्नो सम्पूर्ण खर्च बापतको रकम हस्तान्तरण गरेको हो ।

एक जनालाई कक्षा ७ देखि SEE सम्म ४ बर्षको लागि लाग्ने खर्च रु ५७ हजारको दरले दुई जनालाई रु १ लाख १४ हजार दिदै सम्माननिय कामको सुरुवात गरेका छन ।

जेहेन्दार छात्राहरुलाई यसरि सहयोग गर्न पाउँदा ज्यादै खुशि रहेको बताउछन । जन्मदिनमा केक काटेरा हजारौ हजार खर्च गर्नु भन्दा गरिब दिन दुखिलाई सहयोग गर्नुनै धर्मको काम हो ।

समाजसेबि बिकु थोकर आफुलाई फोनकल एसयमएस फेसबुक बाटा जन्मदिनको शुभकामना शुभेक्क्षा दिने सबै देश बिदेशमा रहनु भएका नेपालि दाजु भाई दिदी बहिनी तामाङ ईष्ट मित्र सबैलाई हृदयदेखिनै धन्यवाद भन्नुहुन्छ ।