गजल २०७५ भदौ १२

आँखा ले बगाएनी मनका पिरहरु
मुटुमै कैद छन्, अमिट तस्बिरहरु

केही नसोचेरै छापिदिंदा रहेछन्
भावीले छैंठीको दिन तक्दिरहरु

उस्तै देख्छु र चित्त बुझाउछु सधैं
म अनि एक्लो खोलिका तिरहरु

देउ सधैं चस्स गरिरहने मुटुलाइ
अझै धारिला वजनदार तिरहरु

चोट मनमा हजार छन् लाखौं छन्
अझै कता लम्किरहेछ लकिरहरु!!

रुप जिम्बा
बराम्चि, सिन्धुपाल्चोक