गजल
पिना सुक्दै गयो काग कराएको बेला
रहन्न प्रेम अब मनवता हराएको बेला
दैत्य मुकुट देखे मान्छेको अनुहारमा
प्लास्टिक प्रत्यारोपण गराएको बेला
डाक्टरले भन्नुभएको नुन राख्नुहोस्
हजुरलाई बेस्सरी घाऊ चराएको बेला
निर्धक्क कहाँ सुत्छन् सहिद चिहानमा
बिद्रोहको कालो झन्डा फराएको बेला
देबकी लामिघाते
बलेफि सिन्धुपाल्चोक