शिर्षक – अस्मिता


निर्मला
आज बार्ह पुगेर तेर्ह मा टेकेँ ।
बालापन ले भर्खर किशोरावस्था मा धकेलेको छ ।
अब म पनी पटक पटक बलात्कृत हुन्छु होला ।
यो देस जस्तै
मेरी लाटी दीदी जस्तै

कोठामा कपडा फेरीरहँदा
खड्पल बाट चीहाएर आफ्नै बाऊ
मूखबाट र्याल चुहाऊँछ।
त्यसैले त मलाई बा देखी डर लाग्छ।
आमा हजूर मलाई बा को जिम्मा लगाई
घर छोडेर नजानू है
म मेरो घरमा सुरक्षीत छैन ।

मेरो आफ्नै काका को छोरा
कुखुरे बैँसले छोएको बजिया
मलाई मन नपरे पनी लिपीर्क लिपीर्क आऊँछ ।
कोही नभएको मौका छोपेर
ढाड छाती सुम्सुम्याऊँछ ।
मलाई एक्लै नछोड्नुस् आमा
म आफ्नै घरमा सुरक्षित छैन

मलाई छोड्ने हो भने
की भोटे ताल्चा लगादीनुस् अनारी मा
की कवच लगाईदीनुस् छाती मा
पासो राखीदीनुहोस् हरेक अंग मा
आमा हजुर पनी सुरक्षीत पक्कै हुनुहुन्न
तै पनी मेरो बालक मनले भन्छ
म भन्दा हजुर अली सुरक्षित

कहीले सम्म हो
हामी नारीले सर्वस्व लूटीएर मर्नू पर्ने ?
द्वापर युगदेखी
द्रोपदी को चिरहरण बाट
सुरू भएको लूटाई
कलियुगका पसू जस्ता पुरूष हरू
आज सम्म पछ्याईरहेछन् ।

को छ याहाँ कालो नलागेको ?
नारीको व्याख्या गरेर कविता लेख्ने कवी
खल्ती भरी कन्डम बोकेर हीँड्छ ।
नारी अधिकार को भाषण गर्ने नेता
घरमा आएर श्रीमती चुट्छ ।
बिध्यार्थी लाई सिक्षा दीने सिक्षक
आफ्नै छात्रा माथी कू दृष्टि राख्न पछी पर्दैन ।
र आदर्श का कुरा गर्ने आम नागरीक
सार्वजनिक यातायात मा समेत
कुनै सुंदर युवती देख्दा
कुकुर हर्कत गर्न पछी पर्दैनन् ।

नारी नै धर्ति हुन्
र धर्ति नै नारी
अब पुरूषले यक नारी ब्रह्मचारी हुन जरूरी छ
र अवान्छीत कामवासना हरूको
हत्या गर्नू जरूरी छ
दिमाग मा लागेको यौन को डढेलो
सदा का लागी निभाऊनु जरूरी छ ।

ता की
म पटक पटक लूटीएँ
मेरी बैनी ले आउँदा दीन मा
आफ्नै बा हजूर बा र दाईको काख मा बस्न
डराऊनु नपरोस् ।

रितिक नेपाल

मेलम्चि नगरपालिका -१० सिन्धुपाल्चोक