तिप्लिङ न्यूज
मिति २०७९ असार २४ गते
काठमाण्डौं (आस्मान लोप्चन)

गायक तथा संगितकार प्रकाश तामाङ तितुङको नयाँ गित शेर्पीनि नाना भिडियो सहित सार्वजानिक भएको छ । गायक प्रकाशको आफ्नै शब्द र संगितमा रहेको गितको संगित संयोजन एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेको हो ।

गित गाउने गायक, संगित भर्ने संगितकार, शब्द लेख्ने रचनाकार प्रकाश तामाङ तितुङ अब मोडल समेत बनेका छन् । आफ्नै गित शेर्पीनि नाना बाट मोडल समेत सुरु गरेका प्रकाश तामाङलाई के मोडलको रुपमा दर्शकले स्विकार्लान्त ? अब यो भने स्रोता दर्शकले भिडियो हेरेर बजारमा आएको केहि समय पछि मात्र थाहा हुने छ । यो समाचार तयार पारुन्जेलको प्रतिक्रियालाई हेर्ने हो भने कुनै पनि नकरात्मक टिकाटिप्पनि आएको छैन ।

यस गितको भिडियोमा प्रकाशलाई कलाकार पार्बति तामाङले साथ दिएकी छिन् । भिडियोमा प्रकाश र पार्बतिको जोडी खुब सुहाउदो देखिए पनि यी दुबै कलाकार अहिले सम्म बेजोडिनै छन् । समग्रमा उत्कृष्टनै बनेको भिडियोलाई सुजन मार्पाले निर्देशन गरेका हुन । जिग्मे मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको यस गितको भिडियोको छायांकन, सम्पादन र रंग संयोजन सुर्य लामाले गरेको हो ।

भिडियो प्रकाश तामाङ तितुङको आफ्नै युटुब बाट सार्वजानिक गरेको छ । भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नु होला ।

भिडियो पनि हेर्नुहोस

यो भिडियो पनि हेर्नुहोस