तिप्लिङ न्यूज
मिति २०७९ असार १३ गते
काठमाण्डौं

गायक तथा संगितकार विशाल काल्तान र गायिका पुजा तामाङको स्वरमा रहेको तामाङ गित चुई चुई ङोसी छिट्टै सार्वजानिक हुने भएको छ । विशाल काल्तानको शब्द र संगितमा तयार भएको गित यहि असार १५ गते काठमाण्डौको बौद्व स्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरि सार्वजानिक गर्न लागिएको हो ।

दिपेश प्रधानले संगित संयोजन र ध्वनि सम्पादन गरेको गितको भिडियोलाई प्रतिक ङेसुरले निर्देशन गरेका छन् भने भिडियोमा निर्देशक र गायिकालाई नै प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ ।

पत्रकार सम्मेलन गरेर सार्वजानिक हुने गितको भिडियो पुजा तामाङ अफिसियल युटुब बाट बजारमा आउनेछ । यहि मिति २०७९ साउन १५ गते काठमाण्डौको बौद्व स्थित सेकुवा जक्सनमा विबिध कार्यक्रम गरि सार्वजानिक गर्ने कार्यक्रममा सबै कलाकार एवं पत्रकारहरुलाई दिउसो १ बजे उपस्थित हुन आयोजक टिमले विशेष अनुरोध गरेको छ ।

यो भिडियो पनि हेर्नुहोस्