तिप्लिङ न्यूज
मिति २०७९ असार ११ गते
सिन्धुपाल्चोक, चौतारा

सिन्धु कला मन्दिरको नृत्य विभाग मञ्चन क्रुले आयोजना गरेको डान्स कम्पिटिसन २०२२ को उपाधी केरिशा नेपाललले उचालेकी छिन् । शनिबार सिन्धुपाल्चोकको चौतारास्थित होटल अरनिकोमा भएको कम्पिटिसनमा ३२ जना प्रतिष्पर्धीलाई उछिन्दै नेपाल डान्स च्याम्पियन बनेकी हुन् । त्यस्तै कम्पिटिसनमा सन्जा तामाङ द्वितिय, रसिला श्रेष्ठ तृतीय र विवस लामा, सासन तामाङ चौथो भए ।

विजेताहरुलाई सिन्धु कला मन्दिरको सचिव सुन्दर शिरीष, उपाध्यक्ष मिना थापालगायतले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए । कम्पिटिसनको मूख्य जर्ज आस्मान लोप्चन र जर्जहरु सम्मान श्रेष्ठ, सृजन तामाङ, उशम श्रेष्ठले १/१ सय पूर्णाङ्कमा मूल्याङकन् गरेका थिए ।

निर्णायकहरु

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धु कला मन्दिरको सचिव सुन्दर शिरीषले प्रतियोगितामा कोहि अघि र कोहि पछि देखिए पनि सबैको नृत्य उष्कृष्ठ रहेको भन्दै प्रतियोगीहरुलाई शुभकामना दिएका थिए ।

सिन्धु कला मन्दिरले कला, साहित्य र संस्कृतिको प्रबद्र्धनमा काम गर्दै आईरहेको जनाउँदै उनले यस्ता सिर्जनात्मक प्रतियोगितालाई निरन्तरता दिने बताए ।कार्यक्रम मञ्चन क्रुका सदस्य मिङ्मार तामाङले सञ्चालन गरेका थिए ।

भिडियो पनि हेर्नुहोस्