तिप्लिङ न्यूज
मिति २०७९ जेठ ३० गते
काठमाण्डौं

नेपाली गीत संगीतमा आफनो आवज मार्फत धेरैको मन जित्न सफल गायक हुन् उत्सव सुब्बा लामा ।

देशकै राजधानी काठमाडौंको नजिक रहेको जिल्ला धादिङ थाक्रे १० मा जन्मिएका गायक एक भर्सटायल गायक समेत हुन् । लोक गितबाट आफनो साँगितिक यात्रा सुरु गरेका गायक उत्सव सुब्बा लामाले लोकदोहोरि , लोकपप आधुनिक तथा सेलो गरि झन्डै एक सय भन्दा माथि गित गायिसकेको छन् ।

यस्तै समयमा भर्खरै OSR DIGITAL YOUTUBE च्यानलमा उहाले (गाउँ छ मेरो दिल) बोलको आधुनिक गित समेत बजारमा लिएर आएका छन् । भर्खरै नोमिनेस्न सम्पन्नता भएको नेस्नल म्युजिक अवार्डको सर्ब-उत्कृष्ट सेलो गितबाट टप पाँचौमा समेत पर्न सफल भएको छ ।

राम्रो गायन क्षेमता भएका गायक उत्सव सुब्बाले करिब करिब अवार्ड आफ्नो पोल्टामा पार्ने देखिन्छ । गायक उत्सवको (हेलम्बुको बजारमा) बोलको गित नोमिनेसनमा परेको हो ।

उक्त गितलाई भिम्फेदि गाईजको युटुब च्यानलमा भिडियो सहित हेर्न सक्नुहुनेछ । गितको शब्द, संगित, संगित संयोजन  समेत गायक आफैले गरेका छन् । प्रतिभाशालि गायक उत्सव सुब्बा लामालाई हाम्रो तिप्लिङ न्यूज परिवारको तर्फबाट थप सांगितिक सफल्ताको शुभकामना ।

भिडियो पनि हेर्नुहोस्

भिडियो पनि हेर्नुहोस्