तिप्लिङ न्यूज
मिति २०७९ बैशाख ६ गते,
काठमाण्डौं

आन्भि प्रोडक्सनले भेटैमा भयो बोलको सेलो गितको भिडियो सार्वजानिक गरेको छ । केहि बिशेष व्यक्तिहरुको उपस्थितिमा गितको भिडियो सार्वजानिक गरेको हो ।

काठमाण्डौंको जोरपाटि स्थित बर्गर हाउसमा गरेको भिडियो सार्वजानिक कार्यक्रमको सहजिकरण आस्मान लोप्चनले गरेका थिए । सार्वजानिक भएको गितमा शब्द,संगित र एरेन्ज बरिष्ठ गायक विश्व दोङको रहेको छ । गितलाई संगितकार एवं गायक विश्व दोङ र गायिका सुमिना लोले गायका छन् भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेको हो ।

गित सरगम रेकर्डिङ स्टुडियोमा अर्पण थिङले रेकर्ड गरेका हुन । आन्भि प्रोडक्सनका अभि लामाले निर्देशन गरेको गितको भिडियोमा अभि लामा,अनिता गोले,प्रवल थिङ र रोहनि लामाको नृत्य संगै अभिनय देख्न सकिन्छ । फराज अर्पणनले छायांकन,सम्पादन गरेको भिडियो समग्रमा राम्रो बनेको छ ।

अनौपचारिक रुपमा भएको कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ,निर्देशक अभि लामा,कलाकार अनिता गोले,छीरिङ लामा,रोहनि लामा, प्रवल थिङ,पासाङ डोमा पाख्रीन,ब्युटिसियन अनुष्का राई, गायिका सुमिना लो, गायक अर्पण थिङ लगायतको उपस्थिति रहेको थियो ।

नयाँ गित सार्वजानिक संगै आन्भि प्रोडक्सनले १० लाख दर्शकले आफ्नो भिडियो हेरेकोमा केक काटेर उत्सव समेत मनाएको छ । आन्भि प्रोडक्सनको पहिलो मिलियन भिउज पुग्न सफल भएको गित हो घुम्नलाई आउदा । पासाङ डोमा पाख्रीनको शब्द जोग लाल लामाको संगित रहेको गितलाई गायक विश्व दोङ र गायिका सुजिता योन्जनले गाएका हुन् ।

गितमा नोर्बु शेर्पाको एरेन्ज रहेको छ भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन । गितको भिडियोमा अभि लामाको निर्देशन र फराज अर्पनको छायांकन,सम्पादन रहेको छ ।

भिडियोमा अभि लामा र अनिता गोले अनि छिरिङ लामा र पासाङ डोमा पाख्रीनको जोडिलाई नियाल्न सकिन्छ । अतिथि कलाकारको रुपमा अशोक तामाङ,सरोज कुवर र विकाश अर्यललाई पनि भिडियोमा देख्न सकिन्छ ।

भिडियो पनि हेर्नुहोस् भेटैमा भयो-

भिडिया घुम्नमा आउदा-