तिप्लिङ न्यूज
मिति २०७९ जेष्ठ ४ गते
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिकामा स्थानिय तहको निर्वाचनमा गठबन्धनको विजयी भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस बीच भएको गठबन्धनले चुनावमा विजयि प्राप्त गरेको हो ।

जसमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा युवा नेता रेशम स्याङ्बो र उपाध्यक्ष पदमा काँग्रेसका हिमाल श्रेष्ठ उम्मेदवार हुनुहुन्थ्यो ।

अध्यक्षमा रेशम स्याङबोले ५५७२ मत ल्याई विजयी हुनुभएको हो भनें उहाँका प्रतिद्वन्द्वी एमालेका जयबहादुर लामाले ४४१५ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उपाध्यक्षमा कांग्रेसका हिमाल कुमार श्रेष्ठले ४७६८ ल्याउनु भई निर्वाचित हुनुभएको छ ।

श्रेष्ठलाई पछ्याउँदै उहाँका प्रतिद्वन्द्वी एमालेकी उपप्रमुख उम्मेदवार सुनिता थापा लामाले ३७०७ प्राप्त गर्नु भएकी छिन ।

त्यस्तै ७ वटा वडा रहेको जुगलमा १ मा जनक लामा, ६ मा टंक तामाङ, ७ मा रवि लामा नेपाली काँग्रेसबाट निर्वाचित भएको छ । त्यस्तै २ मा चन्द्रकाजी तामाङ, ३ मा लक्ष्मण दोङ, ४ मा प्रेम तामाङ र ५ मा रविन्द्र घिमिरे एमालेबाट वडा जितेका छन् ।

खान्दोके सेलो पनि सुन्नुहोस