तिप्लिङ न्यूज

मिति २०७८ फागुन २२ गते, सोलुखुम्बु

३९ वर्ष शिक्षण पेशामा सेवारत सोलुखुम्बुका कमला राईको भव्य विदाई गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित बरबोट आधारभुत विद्यालयमा २०३९ साल बैशाख २० देखि कार्यरत प्रधानाध्यापक कमला राईलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । सोही विद्यालयमा अध्ययन गरेकी राई २०३९ सालमा शिक्षक नियुक्ती भएकी थिईन् ।

२०५६ देखि २०७८ सम्म उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी हुन् । आफुले अध्ययन गरेको विद्यालयमा शिक्षण सेवा गरेर अवकास लिदै गर्दा शैक्षिक क्षेत्रमा व्यापक परिवर्तन गरेको उनले बताईन् । विद्यालयको भौतिक संरचना अब्बल बनाएको, समुदायको शैक्षिक स्तर बृद्धि गरेको, सामाजिक उत्तरदायि भुमिका खेलेको उनले बताईन् । महिलाले विद्यालय जानु हुँदैन भन्ने समाजको धारणालाई परिस्कृत गर्दै आफु प्रधानाध्यापक भएपछि जिल्लामा नमुना काम गर्न सफल भएको उनको भनाई छ । विधाई कार्यक्रममा प्रधानाध्यापक राईकी छोरी ममता राईले आफ्नी आमाको जीवनसँग सम्बन्धीत भिडियो डकुमेन्ट्री प्रदर्शनी गरिएको छ ।

नृत्य निर्देशक समेत रहेकी ममताले आमाले जागिरबाट अवकास लिदै गर्दा उनको जिवन कथाको यथार्थपरक भिडियो आमालाई उपहार दिएकी हुन् । उक्त भिडियोको आलेखन बिक्रमबाबु राई, कथा सरिता राई र किरण थुलुङ राई, भाषा सम्पादन दिपेन्द्र राई, निर्माण व्यवस्थापक धुव थुलुङ राई, छायाङकन तथा सम्पादन प्रवेश राई र कथा निर्देशक ममता थुलुङ र्राइले गरेकी हुन् ।

भिडियोमा पात्रका रुपमा प्रध्यानाध्यापक कमला राई र बाल पात्रमा ज्योती राईलाई देख्न सकिन्छ । कथा बाचन यसोदा राईले गरेकी छिन् । विधाई कार्यक्रममा विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, तिङ्ला क्षेत्रका विद्यालयले मायाको चिनो प्रदान गरेका थिए । प्रध्यानाध्यापक राईले विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेकी छिन् । कार्यक्रममा एभरेष्ट मल्टिपल कलेजका प्रमुख प्रेमकुमार राई लगायतको उपस्थिती रहेको थियो ।

भिडियो पनि हेर्नु होला