प्लिङ न्यूज
मिति २०७८ फागुन २ गते
काठमाण्डौं

प्रणय दिवसको अवसरमा गायक प्रदिप लामाले नयाँ गीत बजारमा ल्याएको छ ।
आफु गरिब बोलको गीत जिग्मे मिडिया बाट सार्वजानिक गरेको हो । “यदि पैसाको महत्व, माया र प्रेम भन्दा सानो स्तरको भैइदिएको भए, सायद हजारौ मनका धनी भएका एकल प्रेमिहरुले, कहिले पनि बिछोडको पिडा भोग्नु पर्ने अबस्था आउने थिएन होला भन्ने भाव सहित बजारमा ल्याएको गीत स्रोता दर्शकलाई पक्कै मन पर्ने छ ।

प्रदिप लामाको स्वरमा रहेको गीत आफु गरिब बोलको गीतको शब्द र संगित समेत प्रदिप लामाको रहेको छ । आगा लामाको संगित संयोजनमा बनेको गीत सरगम रेकर्डिङ स्टुडियोमा अर्पन थिङले रेकर्ड गरेका हुन भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका छन ।

भिडियोमा कुन्साङ बोम्जन र सलिना मगरको प्रेम कथा देख्न सकिन्छ। गरिब भएकै कारण आफ्नो प्रेम गुमाउनु परेको पिडा भिडियोमा उतारेका छन बज्र ङ्येसुरले ।

यस भिडियोमा बज्रले निर्देशन , सम्पदान र रंग संयोजन गरेका छन ।
भिडियो त्रिलोक लामाले खिचेका हुन ।

काठमाडौंको विभिन्न ठाउमा छायांकन भएको गीतको भिडियोका कलाकारहरुलाई श्रृङगार गरेका छन दिया रिजाल र एलिना तामाङले ।

भिडियोमा अतिथि कलाकारको रुपमा निमा पाख्रिन, सुदिक्क्षा लोप्चन, अर्पन थिङ, सन्चिता गोले र एलिना तमाङलाइ देख्न सकिन्छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि गाउँ पालिका बरुवामा जन्मेका गायक प्रदिप लामाले विभिन्न भाषाभाषिका गीत समेत गाएका छन । आधुनिक गीत ,लोक पप गीत , तामाङ सेलो गीत , ह्योल्मो गीत , टिबिट्यान गीत शेर्पा गीत गाएका प्रदिप लामालाई भर्सटाईल गायक भन्दा फरक नपर्ला ।

भिडियो पनि हेर्नुहोस आफु गरिब …