तिप्लिङ न्यूज
मिति २०७८ पुस १९ गते
काठमाडौं

तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र  गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ ।

अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो । तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन ।

कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ ।

समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।

गायक बिशाल काल्तानको अर्को ” गादे जेबा छामे ” बोलको नयां गित पनि केहि दिन पछि म्युजिक भिडियोका साथ बिशाल काल्तान च्यानलबाट आउने गायक काल्तानले बताउनु भएको छ ।

भिडियो पनि हेर्नू होस
https://youtu.be/UV_zcD6oVKs