तिप्लिङ न्यूज
मिति २०७८ पुस १७ गते
काठमाडौं

तामाङ सेलो गीत संगितको बजार दिन प्रति दिन फराकिलो बन्दै गइरहेको छ । सेलोको धुन सुन्ने वितिकै जुनसुकै समुदाय किन नहोस् नाचुँ नाचुँ लागि हाल्छ । यस्तैमा मीठो धुन सहित नाचुँ नाचुँ लाग्ने नयाँ सेलो कोसेली “फाईफुई आलाउले” लिएर संगितकार प्रयास दोङ आएका छन् ।

डान्सिङ बिटमा रहेको गीतमा नायक प्रेम गोले निकै समयको अन्तराल पछि कम ब्याक भएका छन् । उनी नृत्य राम्रै गर्छन् भन्ने कुरा यस भिडियोबाट स्पष्ट देख्न सकिन्छ ।

पछिल्लो समयमा सेलो म्युजिक भिडियोहरुमा नृत्य र अभिनयमा कमि हुँदै गएको सेलो गित र भिडियो पाराखीहरुको गुनासोलाई गोले र मोडल पार्वती तामाङको जोडीले केही हदसम्म भने कम गर्नेछ ।

तामाङ कथानक चलचित्र “म्युङ पूजु” बाट डेब्यु गरेका नायक गोले कलकारिता क्षेत्रमा राम्रै सम्भावना बोकेका कलाकार हुन । गोले यस अघि पनि “वाला वाला रिबन” बेशी घट्टारी, डम्फु र ताकधुई जस्ता गितहरु मार्फत चर्चामा छाउँदै आएको छ ।

गीतमा प्रज्वल दोङको शब्द, प्रयास तामाङको संगित रहेको छ । प्रयास दोङ र जितु लोप्चनको स्वरमा रहेको गितको एरेन्ज सानुबाबु घिसिङले गेरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियो तर्फ भाइन भिमफेदीका मिथुन लामा र बिसन दोङको निर्देशनमा जिग्मे मिडियाका त्रीलोक लामाले छायांकन तथा सम्पादन गरिएको हो ।

इश्वर लामाले निर्माण गरिएको भिडियोलाई सुर्य लामाले कलरिङ गरेका छन् । भिडियो सेलो संगालो युट्युब च्यानल बाट हेर्न सकिन्छ।

भिडियो पनि हेर्नुहोस

वाला वाला रिबन खान्दोके सेलो