तिप्लिङ न्यूज
मिति २०७८ पुस १५ गते
काठमाडौं

गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली “मूंगाको माला” भिडियो सहित सार्वजनिक भए संगै चर्चा झन चुलिएक छ ।

बिहिबार बानेश्वरमा एक कार्यक्रमका बीच सो गीतको भिडियो रिलिज गरेको हो ।

विशेष गरि सेलो गित संगितको क्षेत्रमा निरन्तर लाग्दै आएका गायिका बोम्जनको यस अघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् ।

उनिद्वारा स्वर दिएको अन्य गितहरु तामाङकी चेलि, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छाउन सफल गित हुन ।

मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगित चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियो तर्फ युवराज वाईबको निर्देशनमा सागर प्रधानले खिचेका हुन भने विकेश दाहालले सम्पादन गरेका छन् ।

त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनिलाई देख्न सकिन्छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस् :