तिप्लिङ न्यूज
मकवानपुर ,हेटौंडा

मिसेस तामाङ मकवानपुर २०७८ को विजेता असलि माया सिङतान भएकी छिन् । यहि पुष ३ गते शनिबार हेटौंडामा भएको मिसेस तामाङ मकवानपुर २०७८ को प्रतियोगिता बाट असलि माया सिङतान विजेता बनेकी हुन् ।

ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रा.लिको आयोजनामा भएको मिसेस तामाङ मकवानपुर २०७८ को उत्कृष्ट ८ बाट फस्ट रनरअप विन्दु रुम्बा र सेकेन्ड रनरअप गंगा लामा भएको आयोजकले जनाइएको छ। 

मेसेस तामाङ मकवानपुरको बिजेताले नगद रु ४० हजार ट्रफि , प्रमाण पत्र , क्राउन र विभिन्न गिफ्टह्याम्पर पाएका छन । त्यस्तै फस्ट रनरअपले नगद रु ३० हजार सेकेन्ड रनरअपले नगद रु २० हजार संगै ट्रफि, प्रमाणपत्र , क्राउन , विभिन्न गिफ्टह्याम्पर पाएका छन ।

पब्लिक भिउअर च्वाईस पाउन सफल नानि माया थिङले पनि नगद रु १० हजार , ट्रफि , प्रमाणपत्र , क्राउन र विभिन्न गिफ्टह्याम्पर पाएका छन ।

उत्कृष्ट ८ मा परेका प्राय सबैले केहि न केही विधामा सम्मान पाएका छन । उत्कृष्ट ८ मा असलि माया सिङतान , बिन्दु रुम्बा , मनिशा थोकर , गंगा लामा , सुस्मिता लामा , सृजना मोक्तान , नानि माया थिङ र आरति तामाङ रहेका थिए ।

ओपेराका संचालक विक्रम लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, गोले वंश तामाङ उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।

पहिलो चोटि भएको मिसेस तामाङ मकवानपुर २०७८को निर्णायक मण्डलमा गायक तथा निर्देशक आस्मान लोप्चन प्रमुख निर्णायक थिए । निर्णायक मण्डलको सदस्यमा मिसेस तिज मकवानपुर २०७४ का उप विजेता सृष्टि गोर्खाली र मिस तामाङ मकवानपुर २०७६का विजेता बिनिमा लामा गरि तीन सदस्यीय निर्णायक मण्डल थिए ।

मेसेस तामाङ मकवानपुरका अफिसिय कोरियोग्रफर रबिन्द्र बज्राचार्य हुन । धन  पाख्रिनले नृत्य निर्देश गरेको नृत्य प्रस्तुतिबाट सहभागी मेसेस तामाङहरुले कार्यक्रममा सबैलाई नृत्य बाटै स्वागत गरेर कार्यक्रम सुरुवात भएको थियो ।

भिडियो पनि हेर्नुहोस || बल्लपो तामाङको हुल उठ्यो ||