तिप्लिङ न्यूज
मिति २०७८ मंसिर २२ गते
काठमाडौं

नेपाल तामाङ कलाकार संघले यहि मंसिर २४ र २५ गते गर्ने दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सवको भव्य तयारी गरिसकेका छन् ।

होटल हायत चुच्चेपाटीको ग्राउन्डमा गरिने कार्यक्रम यो वर्ष विशेष हुने संघले यस अघि नै जनाइसकेको छ ।

बिशेष यस कारणकि दोश्रो महोत्सवमा तामाङ भाषाको मौलिक गित संगितहरुलाई मात्र स्थान दिनेछ । साथै तामाङ सेलो संग सम्बन्धित ताम्बा ठिम र बाजाको बारेमा तामाङ समाजका प्रबुद्ध व्यक्तित्वहरुको छलफल बहस समेत चलाउने तयारी गरेको छ।

तसर्थ, तामाङ संस्कार, संस्कृति, भाषा अनि संगितको बारेमा नजिकबाट बुझ्न चहानेहरुका लागि यो महोत्सव एउटा कोशे ढुंगा सावित हुनेछ्न् ।

मनोरञ्जन संगै ज्ञान हासिल गर्ने थलोको रुपमा यो महोत्सवले विशेष महत्व राख्ने पक्का छ । यति मात्र नभै महोत्सवमा चर्चित तामाङ कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछन् ।

त्यसैले पनि यो महोत्सव लाई नछुटाउन सबैमा आयोजक तामाङ कलाकार संघले आग्रह एवं निमन्त्रणा गरेको छ ।