तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक १५ गते
काठमाडौं

गर यकिन बोलको लोक दोहोरि गीत बजारमा आएको छ । गायिका प्रस्न लामा र गायक सनि विश्वकर्मको स्वरमा रहेको गीतको भिडियो सेलो सरगमको अफिसियल युटुब बाट सार्वजनिक भएको हो ।

भिडियोमा कलाकार कृष्ण ब्लोन र दिप्ति गोम्जाको अभिनय संगै उत्कृष्ट नृत्य देख्न सकिन्छ ।

भिडियोको छायांकन काठमाडौंको जर्सिङ पौवामा भएको छ । निर्देशक कृष्ण ब्लोनलेनै निर्देशन एवम सम्पादन गरेको भिडियो बज्र ङ्येसुरले छायांकन गरेका हुन ।

सुन्दा मज्जा लाग्ने गीतको शब्द कृष्ण राउतले लेखेका हुन भने संगीत, संगीत संयोजन र ध्वनि संयोजन दिवन किनारले गरेका हुन ।

भिडियोका सम्पूर्ण कलाकारहरुलाई राम्रो र राम्रि देखाउन सपना लम्सालले श्रृङ्गार गरेका छन् ।

भिडियो पनि हेर्नुहोस