तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक १५ गते
भोटेकोशि ,सिन्धुपाल्चोक

राष्ट्रिय जनगणना २०७८ मा सबै आदिवासी जनजातिहरुको सहि तथ्यांक आउन भनेर सचेतना कार्यक्रम भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशि गाउँ पालिकामा आदिवासी जनजाति महिला उत्थान केन्द्र र टेवा संस्थाको आयोजनामा सचेतना कार्यक्रम भएको हो ।

भोटेकोशी गाउँ पालिकाका उपाध्यक्ष दाबुटि शेर्पा लामाको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रमको सभाध्यक्ष आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पान माया तामाङ हुनु हुन्थ्यो ।

कार्यक्रममा विभिन्न जातिय संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भोटेकोशी गाउँ पालिका वडा नम्बर -४ मा रहेको पालिकाको सभाहलमा भएको कार्यक्रममा अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकका बरिष्ठ उपाध्यक्ष हरि श्रेष्ठ, सोही वडा -४ का वडाध्यक्ष साङदोर्जे शेर्पा , नेपाल शेर्पा संघ बाग्मति प्रदेश समिति अध्यक्ष आङछिरिङ शेर्पा , हिमालयन सांस्कृतिक केन्द्रको अध्यक्ष छिरिङ शेर्पा,  भोटेकोशी चेम्बरको अध्यक्ष फुर्पा शेर्पा(फुनु) र भोटेकोशी सरोकार मञ्चको अध्यक्ष साङ्गे लामा हुनुहुन्थ्यो ।

राष्ट्रिय जनगणना २०७८ मा सबै आदिवासी जनजातिहरुको सहि तथ्यांक आउन सबैले आफ्नो सहि विवरण टिपाउनु पर्ने र सबैले सहि टिपाउन समेत कार्यक्रमले आह्वान गरेको छ।

आफ्नो नाम , जात , भाषा , धर्म, पुर्खाको भाषा, मातृ भाषा सबै सबै सहि टिपाउन र ठिक भए नभएको पुन: हेरेर सच्याउन समेत सबैलाइ आग्रह गरेका छन् ।

भिडियो पनि हेर्नुहोस