तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक १४
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको ऐतिहाँसिक स्थल दुगुनगढिको संरक्षण र प्रबर्द्धनको विशेषमा दुगुनागढि स्टाफ राईड -२०७८ अन्तरक्रिया कार्यक्रम भएको छ ।

दुगुनागढिका स्थानिय वासिन्दा र नेपाली सेना बिच भएको अन्तरक्रिया कार्यक्रमको आयोजना श्री गोरख बक्स गणले गरेको हो ।

अन्तरक्रिया कार्यक्रम दुगुनागढिको ऐतिहाँसिक नेपाल तिब्बत बिचको लडाईमा नेपाली सेनाले खेलेको भुमिका विषयमा विशेष केन्द्रित रहेको थयो ।

कार्यक्रममा नेपाली सेनाहरुलाई स्थलगत भ्रमण गराई गढिको ऐतिहाँक्ता बारे पनि जानकारि गराईएको थियो ।

दुगुनागढिको ऐतिहाँसिक महत्वलाई प्रचार प्रसार गरि पर्यटकिय स्थलको रुपमा चिनाउनु पर्नेमा स्थानियले विशेष जोड दिएका छन् ।

गढि २०७२ सालको भुकम्पले क्षेति पुगेको र स्थानियको पहलमा केही मर्मत गरेता पनि पुर्णरुपमा भने मर्मत भएको छैन।

कार्यक्रममा गणका सेनानि , स्थानिय युवा, समाजसेवि , जन प्रतिनिधि लगायत विभिन्न सामाजिक ब्याक्ति ब्यक्तित्वको उपस्थिति रहेको थियो ।

गणका सेनानि निर्मल कुमार श्रेष्ठ ,सेनानि ईश्वर गिरि, भोटेकोशि गाउँ पालिका वडा -३ का वडा अध्यक्ष कैलास पौडेल , नेपाल चेम्बर कमर्स भोटेकोशिको अध्यक्ष फुर्पा शेर्पा फुनु , नेपाल शेर्पा संघ बाग्मति प्रदेशका अध्यक्ष आङछिरिङ शेर्पा , शेर्पा संघकै केन्द्रीय सदस्य निमा सोना शेर्पा लगायत स्थानिय करिब डेडसय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

चेम्बरको अध्यक्ष फुर्पा शेर्पा फुनुको अनुसार गढीलाई संरक्षण गर्न स्थानिय जनता र सेना मात्रै नभई राज्यको अन्य तीनै तहको सरकार पनि लाग्नु पर्ने बताउनु भयो । त्यसो गर्न सके गढि सिन्धुपाल्चोक जिल्लाकै पर्यटकिय गन्तव्यको रुपमा स्थापित हुने समेत बताउनु भयो ।

भिडियो पनि हेर्नुहोस्