तिप्लिङ न्यूज
मिति २०७८ असोज २३ गते
काठमाडौं

चन्द्रागिरि नगरपालिकामा नृत्य निर्देशक सङ्घको नगर कमिटी गठन गरेको छ  । शुक्रबार कुहिरो डाँडा रिसोर्ट इन्द्रदहमा एक कार्यक्रम गरी ९ सदस्यीय कार्य समिति गठन गरेका हुन्  ।

कमिटीको अध्यक्षमा आइतसिंह थापा मगर‚ उपाध्यक्षद्वय रेशमबहादुर थापा मगर र दिपेन्द्र थापा मगर सचिव कृष्णबहादुर भट्टा र कोषाध्यक्ष बबिता गोपाली रहेका छन् ।

सदस्यहरू लेखबहादुर थापा मगर ‘सोति अन्जन’, अप्सरा बस्नेत र सुजन श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई दिँदै पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न, कला, संस्कृतिलाई जोगाउन कलाकारको ठुलो भूमिका रहने बताए । उनले सङ्घमा रहेका कलाकारले देशको लागि अहम् भूमिका खेल्ने बताउँदै कलालाई शिक्षामार्फत नगरबाटै लागु गर्न योजनाहरू अघि सार्ने प्रयासमा गर्ने बताए ।

यस्तै संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले हामी पेसागत हिसाबले अगाडि बढेपछि संघ पनि आवश्यकता हुने हुँदा यसलाई फराकिलो बनाउन शाखाहरु गठन गरिरहेको बताए । ‘यसले आगामी पुस्तालाई मार्गदर्शन हुनेछ‚ उनले भने ।

सङ्घ काठमाडौँ शाखाका सल्लाहकार रोचक थापाले नृत्यलाई पाठ्यक्रमको सामग्री बनाएर स्थानीय सरकारबाटै लागू गर्न जरुरी रहेको बताए । उनले भने‚ ‘अहिले बोर्डिङ स्कुलबाट यसको अभ्यासका रूपमा ज्ञान पाइरहेका छन् भने यसलाई सरकारले नै लागु गरे समग्र सबैमा पुग्नेछ ।’

कार्यक्रममा  चन्द्रागिरी नृत्य कलाकर्मी सङ्को अध्यक्ष एवम् केन्द्रीय सहसचिव रबि राना मगर, भक्तपुर शाखाको अध्यक्ष चुडामणिा फुयाल र ललितपुर शाखाका अध्यक्ष प्रदीप रमण डङगोल केन्द्रीय सह कोषाध्यक्ष केशव कोइराला लगायतले नव गठित कार्यसमितिलाई बधाई दिएका थिए ।

कार्यक्रमको सभापति सङ्घका शाखाका अध्यक्ष बुद्ध लामाले यस शाखाको मातहतबाट नगर कमिटी गठन गर्न पाउँदा खुसी लागेको बताउँदै परिवारमा नयाँ सदस्य पाएको बताए ।

त्यसैगरी नगरका अध्यक्ष मगरले  नृत्यमा लामो समयको अनुभव सुनाउँदै यस क्षेत्रको बाटो आफैले पछ्याउन सक्नु सफलता रहेको बताए । सङ्घले देशभर १४ वटा शाखा गठन गरिसकेका छन् । भिडियो पनि हेर्नुस https://youtu.be/OEl5yLlh3YM