तिप्लिङ न्यूज

मिति २०७८ असोज १८ गते

सिन्धुपाल्चोक

नव गायक सम्राट गोलेको तामाङ खान्दोके सेलो सैलिको भाका बैलासि ब्योन बजारमा आएको छ । भर्खरै बजारमा आएको गीत Click Nepal युटुब बाट सार्वजनिक गरेको हो । अनिश योन्जनले संगीत गरेको गीत गायक स्वयमले लेखेका हुन भने त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन र ध्वनि सम्पादन सुन्दर लामाले गरेका हुन ।

भिडियोमा नेपाली कला जगतकै लोकप्रिय कलाकार बुद्धि तामाङ (हैट)लाई देख्न सकिन्छ । बुद्धि तामाङ संगै साङगुल लामा, पार्वति तामाङ र शान्ति थिङ तामाङको अभिनय भिडियोमा सजिलै नियाल्न सकिन्छ । काठमाडौ आसपासको विभिन्न ठाउँमा छायांकन गरेको भिडियोको निर्देशन बुद्ध लामा तितुङले गरेका हुन ।

बज्र ङ्येसुरले छायांकन गरेको भिडियोलाई सम्पादन भने आस्मान लोप्चनले गरेका छन । भिडियोमा कलाकारहरुको श्रृङ्गार एलिना तामाङले गरेको हो । जर्सिङ पौवा,साँखु , ईन्द्रायणि र गोकर्ण जगडोल लगायतका विभिन्न ठाउँमा छायांकन गरेको भिडियो निर्माण गर्न ३ दिन लागेको थियो ।

भिडियोमा सह निर्देशकको रुपमा देवराज गुरुङले आफ्नो भुमिका निर्वाह गरेका थिए । भिडियो समग्रमा राम्रै बनेको छ । अहिले सम्म स्रोता दर्शकको पनि राम्रै प्रतिक्रिया आईरहेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफो गाउँ पालिका धुस्कोटमा जन्मेका नव गायक सम्राट गोलेको गायन क्षेत्रमा राम्रै सम्भावना देखिन्छ ।

भिडियो पनि हेर्नुहोस्