तिप्लिङ न्यूज
मिति २०७८ असोज १८ गते
काठमाडौं

गायक प्रकाश तामाङ तितुङको शब्द संगीत रहेको गीत `सोल्टा सोल्टिनि´ बजारमा आएको छ ।

प्रकाश तामाङ तितुङ र सुजिता योन्जनको स्वरमा रहेको गीतको भिडोयो मोक्तान डिजिटल बाट सार्वजनिक गरिएको हो ।

फनिन्द्र राईको संगीत संयोजनमा तयार भएको गीत पर्पल स्टुडियोमा रेकर्डिङ भई सुमन खड्काले धबनी सम्पादन गरेका हुन ।

भिडियोमा नेपालि चलचित्र र नेपालि कला जगतका चर्चित तथा लोकप्रिय कलाकार पल शाहलाई  देख्न सकिन्छ ।

पल शाहा संगै भिडियोमा साक्क्षि लम्साल, प्रिया प्रधान,आकांक्षा तामाङ र सीता प्याकुरेलको अभिनय हेर्न सकिन्छ ।

भिडियोको निर्देशन र सम्पादन जीवन थापाले गरेका हुन भने छायांकन दिर्घ गुरुले गरेका हुन । कलाकारहरुलाई राम्रो र राम्रो बनाउने श्रृङ्गारको काम भने बिनोद लामाले गरेको छ ।

गीतको अडियो भिडियो दुबै पक्ष राम्रो भएता पनि युटुबमा भने सोचे जस्तो भिउज पाउन सकेको छैन।

गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको यो भन्दा अगाढिनै निकै चर्चित गीतहरु बजारमा आईसकेको छ । नेपाली गीतमा सप्तरंगि भाई टिका चर्चित गीत हुन भने तामाङ सेलोमा क्याम्साङ गैरिला आङिला जामे र सोनाम ल्होछार बोलको गीत लोकप्रिय गीत हुन ।

भिडियो हेर्नुहोस ।