तिप्लिङ न्यूज
मिति २०७८ असोज १६ गते
काठमाण्डौं

नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिकत्सव तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ।” भन्ने नाराका साथ सम्पन्न अधिवेशन रोमाञ्चक ढंगले सम्पन्न भयो ।

संघको १४ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति छनौट निर्वाचन प्रक्रियाबाट भएको छ । यस अघिका ६ अधिवेशन सर्वसम्मत तरिकाले नै अघि बढेकोमा सातौं अधिवेशनबाट लोकतान्त्रिक मतदानको ढंगबाट सम्पन्न भएको हो ।

२१ सदस्यीय कार्यसमिति हुनुपर्नेमा अध्यक्ष सहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा विश्व दोङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान, उपाध्यक्ष विशाल काल्तान, महासचिव रोशन फ्युबा, सचीव सुवाष मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र ७ महिला सदस्य सर्वसम्मत निर्वाचित भएको थियो । निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित भएका छन् । मतदानमा ३८ प्रतिनिधिबाट आफ्नो मताधिकार प्रयोग भएको थियो ।

निर्वाचन मण्डलका अध्यक्षमा काजिमान तामाङ, सदस्यद्वय प्रतीक न्यासुर र दिपेन्द्र दोङ रहनुभएको थियो । उहाँहरुले सर्वसम्मतका लागि अन्तिम क्षणसम्म प्रयास गरेपनी सहमति नजुटेपछी अन्तमा मतदान भएको हो ।

त्यस्तै सातौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष विश्व दोङले सन्तुष्ट अनि असन्तुष्ट सम्पुर्ण कलाकारहरुलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले तामाङ समुदायको लागि र कलाकारहरुको हकहितको लागि धेरै काम गर्नु भएकोले सबै संग छलफल, सहकार्य अनि सहमतिको आधारमा आफू अघि बढ्ने भनाइ राख्नु भएको छ ।

पदाधिकारि एवम सदस्यहरु कार्यसमिति