तिप्लिङ न्यूज
मिति २०७८ असोज १७ गते
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाका उदादै गरेका सेलो गायक तेज थिङ्गको नयाँ सांगीतिक कोसेली “आखेले भन्छ हेर नाती” बजारमा आएको छ ।
केहि दन अगि मात्र सार्वजनिक भएको गीत प्रकाश तामाङको युटुब बाट सार्वजनिक गरेको हो । प्रकाश तामाङको संगीत ,बिजय पाख्रीनको शब्दमा बनेको गीत सेलो पप धारमा तयार भएको छ ।
गीतको म्युजिक भिडियोलाई राजेश आले मगरले निर्देशन र नरेश ऐयरले छायांकन गरेका हुन् भने रोनित बिशुन्खेले सम्पादन गरेका हुन् । दिप स्टुडियोमा रेकर्डिङ्ग सम्पन्न गरिएको यस गीतमा पोस्ट प्रोडक्सन बि गोर्खाली ईन्टरटेन्मेन्टले सम्हालेका छन ।
गायक तेज थिङको उक्त गीतको म्युजिक भिडियोमा याङकी दोङ तामाङ्ग, अभिषेक लामा, विशाल लामा र अनु बुढाथोकीको अभिनय हेर्न सकिन्छ । “आखेले भन्छ हेर नाती” गीतको अडियो पक्ष सबलनै देखिए पनि भिडियोमा भने केहि सुधार गर्न सकिने ठाउ देखिएको छ ।
भिडियो पनि हेर्नुहोस्