तिप्लिङ न्यूज
मिति २०७८ भदौं २८ गते
काठमाडौं

लामो समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि भिडियो सहित बजारमा आएको छ ।

भर्खरै मात्र सार्वजनिक भएको गीत जिग्मे मिडियाको अफिसियल युटुब बाट सार्वजनिक भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समय काम विशेष परदेश भएपनि पुन: सांगीत यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन ।

आज काठमाडौंमा पत्रकार सम्मेन गरि सार्वजनिक गरेको कार्यक्रम नेपाली कांग्रस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमा विशेष अतिथिको रुपमा सिन्धुपाल्चोक जिल्लाकै पाँच पोखरि थाङपाल गाउँ पालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारि र बरिष्ठ गायक प्रेम लोप्चन हुनुहुथ्यो ।

कार्यक्रममा कलाकार , समाज सेवि एवम पत्रकारहरुको बाग्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमै पाहुनालाई आफ्नो मन्तब्य सहित स्वागत मन्तब्य राखेका थिए गायक आस्मान लोप्चनले ।

गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वरमा रहेको गीतको शब्द संगीत विश्व दोङले गरेका हुन भने भिडियो Vine Bhimphedi Crew का मिथुन बिजि र बिसन लामाले निर्देशन गरेको हो ।

भिडियोमा अरु थुप्रै कलाकारहरुको दमदार प्रस्तुति देख्न सक्नुहुनेछ । कलाकारहरुमा मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ , मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामालाई देख्न सकिन्छ ।

भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन भने भिडियोको सम्पादन , रंग संयोज र Direction Of Photography समेत जिग्मे मिडियाका सुर्य लामाले गरेका हुन ।

कार्यक्रम संचारकर्मि प्रितम तामाङले संचालन गरेको थियो । कार्यक्रम संयोजनमा विशेष भुमिका निर्वाह गर्नु हुने युवा समाज सेवि पासाङ लामालाई निर्माण पक्षले विशेष धन्यवाद समेत दिएका छन ।

कार्यक्रमलाई सफल पार्नका निमित्त कालिका गोले, कमल बोम्जन, पेमा वाङगेल लामाले विशेष सहयोग गर्नु भएको थियो ।

पूरा भिडियो हेर्नुहोस ।