तिप्लिङ न्यूज
मिति २०७८ भदौ २७
काठमाडौं

पवन मधुश्रीको लोक झ्याउरे गीत ‘बेलखेत पुल’ नामक म्युजिक भिडियो Madushree Youtube Channel बाट सार्वजनिक भएको छ ।

पवन मधुश्रीको शब्द संगीत प्रमोद माझी र पम्फा कँडेलको आवाज रहेको ‘बेलखेत पुल’ मा चर्चित नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, सिर्जना माझी र नमुना माझीको उत्कृष्ट अभिनय रहेको छ । सिर्जना र नमुना मधुश्रीको आफ्नै छोरी हुन् । म्युजिक भिडियोको निर्देशन स्वय् शंकर बिसीलेनै गरेका हुन् ।

सरकारी सेवामा आबद्ध पवन मधुश्रीको सरकारी प्रचलनको नाम पदम बहादुर माझी हो । हाल उनले पञ्चदेवल विनायक नगरपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । पवन मधुश्रीको नामबाट उनी एक स्थपित लेखकको रूपमा स्थापीत भइसकेका छन् । लामो समयदेखि पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा उहाँले स्तम्भ समेत लेख्दै आइरहेका छन् ।

हाल उनी विभिन्न अनलाइन पोर्टलहरूमा लेख लेखिरहेमा हुन्छन । मधुश्रीका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाएका पवन मधुश्री पछिल्लो पटक लय शब्द संकलकको रूपमा समेत आफ्नो परिचय विस्तार गरिरहेका छन् ।

मधुश्रीको यसअघि ‘इतिहास, आमा र माटो’ म्युजिक भिडियो बजारमा आइसकेका छन् । इतिहास र माटो देशभक्ति गीत हुन् भने आमा जननी जन्म दिने आमाप्रति समर्पित गीत हो । यी सबै गीतको शब्द संगीत मधुश्री आफैले गरेका हुन् भने गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक प्रमोद माझीले युगल आवाज दिएका छन् ।

बेलखेत पुल लोक झ्याउरे गीत हो । दशैं, तिहार, मेला पर्व, वनभोज तथा चार्डबाड माहोलमा युवा पुस्तलाई कम्मर मर्काएर नचाउन निकै उत्कृष्ट देखिन्छ । अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यमहाडी लोकमार्ग क्षेत्रमा निर्मित बेलखेत पुललाई गीतको प्रमुख थेगो बनाइएको छ ।

गीतले यो क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मधुश्रीले बताए । युवा युवतीबीच हुने प्रेमलापलाई यो गीतले राम्रोसँग परिभाषित गरेको देखिन्छ । मधुश्रीको ‘जुनी र कर्णालीको व्यथा’ अब छिटैनै सार्वजनिक हुने तयारीमा छन् ।

भिडियो पनि हेर्नुस