तिप्लिङ न्यूज
मिति २०७८ भदौं २२ गते
काठमाडौ

पछिल्लो समय तामाङ गित संगीतका पारखी श्रोता दर्शक माझ तामाङ प्रेम गितहरुले छुट्टै स्थान लिइरहेका छन् । यस क्षेत्रमा लागिरहेका कलाकारहरुले नयाँ नयाँ गित अनि भिडियो बजारमा ल्याइरहेको सन्दर्भमा बिल्कुलै नयाँ प्रेम गित “मायाला कसम” एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

विशाल काल्तानको शब्द, संगित अनि स्वरमा सजिएको यस गितमा काल्तानलाई जितु लोप्चनले साथ दिएकी छिन् । उर्गेन दोङले संगीत संयोजन गरिएको गीतलाई दिपेश प्रधानले ध्वनि सम्पादन गरेका हुन् ।

यो गितको सार्वजनिक संगै काल्तानको उत्कृष्ट प्रेम गितहरुको सुचीमा पुनः अर्को एक प्रेम गीत थपिएको छ । संगीतकार तथा गायक विशालले कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा तामाङहरुले पनि चोखो माया गर्छन् भन्ने देखाउन प्रेम गीत गाउने गरेको सुनाए ।

त्यस्तै भिडियो तर्फ निर्देशन तामाङ चलचित्र जगतका नायक अमिर दोङको रहेको छ । भिडियोमा दोङ आफैंले अभिनय गरेका छन् । म्युजिक भिडियोको दुनियाँमा नयाँ अनुहार मिङमार लामाले डेब्यु गरेकी छन् ।

समग्र भिडियो हेर्दा लामाको सुन्दर रुप र आशा लाग्दो अभिनयले उनी ग्ल्यामर क्षेत्रमा जम्ने बाटो खुलेको देखिन्छ । सुमन तामाङले छायांकन गरिएको भिडियोलाई राजु तामाङले सम्पादन र कलरिङ गरिएको हो ।

सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा तामाङ कलाकार संघको अध्यक्ष संजिव वाइबाको उपस्तिथि थियो । त्यस्तै कार्यक्रमको सभापतित्व अमिर दोङले गर्नुभएको थियो ।

पूरा भिडियो हेर्नुहोस्  https://youtu.be/FDILIhI4I5Y https://youtu.be/FDILIhI4I5Y