तिप्लिङ न्यूज
मिति २०७८ भदौं ८ गते

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाले बधाई तथा सम्मान कार्यक्रम भक्तपुर बालकोटमा गरेको छ ।

चुडामणि फुयालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुर्यविनायक नगरपालिका वडा ३ का वडा अध्यक्ष शिव सरण खत्रि हुनु हुन्थ्यो ।

विशेष अतिथि केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ रहनु भएको थियो । अतिथिहरुमा समाजसेवी तथा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ का सदस्य प्रभु भक्त माडी श्रेष्ठ तथा केन्द्र महासचिव नृप ध्वज खत्री ,केन्द्र सह-कोषाध्यक्ष केशव कोईराला ,केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ रहनु भएको थियो ।

काठमाडौं जिल्ला शाखा बाट अध्यक्ष बुद्ध लाम ,उपाध्यक्ष ,महेश थापा ,सचिव देवराज गुरुङ ,सह-सचिव छिरिङ लामा ,कोषाध्यक्ष ममता राई,सह-कोषाध्यक्ष निरु फुयाल ,सदस्य अनिल भुजेल ,पुर्ण लामा ,संमृद्धि पन्त ,लक्ष्मी पुरि,विकास भारतीको उपस्थित रहेको थियो ।
ललितपुर जिल्ला शाखा बाट सचिव मिनर्वा शर्मा तथा कोषाध्यक्ष मैया महर्जनको उपस्थित भएको थियो

स्वागत मन्तव्य तथा बधाई मन्तव्य उपाध्यक्ष द्वय नारायणी थापामगर तथ प्रदिप श्रेष्ठले दिनुभएको थियो ।
कार्यक्रममा ललितपुर जिल्ला शाखा बाट सचिव मिनर्वा शर्मा ,काठमाडौं जिल्ला शाखाका बुद्ध लामा ,केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ ,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला ,केन्द्रीय महासचिव नृत्य ध्वज खत्री तथा समाजसेवी प्रभु भक्त माडी श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रमुख अतिथि तथा विशेष अतिथिले नव निर्वाचित काठमाडौं जिल्ला शाखा सम्पूर्ण कार्यसमिति पदाधिकारीहरु लाई सम्मान गर्नुभएको थियो ।

विशेष अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठले यस्तो प्रकारको कार्यक्रम गर्नाले एक अर्का बिच आत्मियता बढने भन्दै सम्मानित सम्पूर्ण लाई सफल कार्य कालको शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथि शिव शरण खत्रीज्यूले नृत्य देशका गहना भएकोले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै अगाडि बढनु भन्दै सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका सभापति चुडामणि फुयालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण कार्यसमिति पदाधिकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका सह-सचिव मेरिका राईले गर्नुभएको थियो ।

भिडियो पनि हेर्नुहोस