तिप्लिङ न्यूज
मिति २०७८ साउन २९ गते
काठमाण्डौं

गायक योगेश लामाको शब्द, संगीत र संगीत संयोजनमा रहेको प्रेमिल गीत जुनको किरण बजारमा आएको छ ।

योगेश लामा र बिमला गुरुङको स्वरमा रहेको गीत योगेश लामाकै अफिसियल यूटुब च्यानलबाट सार्वजानिक गरेको हो ।

ए प्लस् रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत साजन शाहाले ध्वनि सम्पादन गरेका हुन् ।

केशब कोईराला द्धारा निर्देशित नेपाली प्रेम गीत जुनको किरणको भिडियोमा योगेश लामा र बिमला गुरुङकै अभिनय देख्न सकिन्छ ।

सुमन तामाङले छायांकन र सम्पादन गरेको भिडियोका कलाकारहरुलाई राम्रो अनि राम्री बनाउन सपना लम्सालले ऋङगार गरेकि छिन ।
नृत्य निर्देशनमा लामो समयको अनुभव बटुलेका नृत्य निर्देशक केशब कोईराला नृत्य निर्देशक संघ नेपालको केन्द्रीय सह कोषाध्यक्ष समेत हुन् । आफ्नो केहि अनुभबलाई भिडियोमा उतारेको बताउदै आगामी दिनमा अझैै राम्रो गर्दै जाने समेत बताउनु भयो ।

भिडियो पनि हेर्नुहोला