तिप्लिङ न्यूज
मिति २०७८ साउन २८गते
सिन्धुपाल्चोक

बाढी पहिरोजस्ता विपत्तिको चपेटा मूलुकले बेहोरिरहँदा गायक एवम् संगीतकार छेवाङ डि स्याङ्बोले मर्मस्पर्शी गीत बजारमा ल्याएका छन् ।

कोराना, बाढी पहिरोजस्ता विपत्तिले नागरिकलाई ठूलो समस्या निम्त्याएको भाव बोकेको गीतको शब्द आशिष घलेले लेखेका हुन् ।

छेवाङ डि स्याङ्बो र निमा लामाको स्वरमा रहेको गीतको संगीत गायक स्याङ्बोकै रहेको छ ।
पारिजात रेकडिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको कर्साङ लामाले एरेन्ज संगै ध्वनि सम्पादन गरेका हुन् ।

गीतको भीडियो क्लिक नेपालले निर्माण गरेको हो भने भीडियोमा विपत्तिका दर्दनाक दृष्यहरु देख्न सकिनेछ । क्लिक नेपालको अफिसीयल युटुब च्यानलमा भिडियो अपलोड गरिएको छ ।

सञ्जय लामाको छायाङ्कनमा बनेको भीडियोको सम्पादन आस्मान लोप्चनले गरेका छन् ।

भिडियो पनि हेर्नुहोस्