तिप्लिङ न्यूज
मिति २०८७ साउन २७ गते
ठोरि,पर्सा

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ठोरी -४ को वडा कमिटी गठन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र ठोरी-४ वडा कमिटीको पुर्व अध्यक्ष तारा पाख्रीनको सभापतित्वमा घ्याङडाडामा सम्पन्न भेलाले ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

बुधबार भएको भेलाले अध्यक्षमा सागर लामा र सचीवमा हरि कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

वडा कमिटी भेलामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटी सदस्य हरि सुनार, विशिष्टता अतिथि वडाध्यक्ष बई बहादुर तामाङ , जिल्ला कमिटि सदस्य राम श्रेष्ठ, रामकाजि श्रेष्ठ , युवा नेता निमा लामा , संस्थापक अगुवा नेता रूप ब.श्रेष्ठ, लिला ब.श्रेष्ठ ( भाङरे दाई ) , टंक प्रसाद तिमिल्सिना , बम ब. श्रेष्ठ तथा विभिन्न टोलबाट सयौं जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सहजीकरण बुद्ध लाल पाख्रीनले गरेका थिए ।