तिप्लिङ न्यूज
मिति २०७८ साउन २४
काठमाडौं

नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ“ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नृत्वत्वमानै कार्यसमिति गठन भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बिपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताएका छन् । संस्कृति पुर्खाले संरक्षण गरेर गएको भए पनि अहिले दोधारमा रहेको छ, उनले  भने, ‘कलाकारलाई राज्यले सम्मान गर्नुपर्ने, कला संस्कृतिको जर्गेर्नामा राज्यले ध्यान दिनुपर्छ ।’ कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आङ्खनो पार्टीले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो ।

त्यस्तै नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकको सिप कोरोनाका कारण १८ महिना प्रयोगमा नआउँदा समस्या भएको बताएका छन् ।


कार्यक्रममा जिल्ला शाखा काठमाडौँका सल्लाकार कमल राईले गाउँघरमा विना निर्देशन राम्रो नाच्न सक्नेहरू रहेको भन्दै घरघरमा नृत्य गर्न सक्ने क्षमता भएका व्यक्तिहरू रहेको तर्क गरे । सबैले कला संस्कृतिको सम्मान गर्नुपर्ने र कोरोनाले समस्या भयो भनेर बस्नु भन्दा पनि कोरोनाको डटेर सामना गर्नुपर्ने उनले बताएका छन् । नेपाल र नेपाली सबै प्यारो रहेको भन्दै यही प्यारोपन र सौन्दर्यताका कारण आफू मुम्बई नफर्केको हो, उनले भने ।

त्यस्तै अर्का सल्लाकार केपी पौड्यालले नृत्य ब्रम्हान्डको सञ्चार भएको बताएका छन् । नाचले मानिसको शरीरमा ऊर्जा बढाउने काम गर्ने भन्दै ‘जो नाच्न त्यो धेरै बाँच्च’ भन्ने उक्ति प्रचलनमा आएको उनले बताए । चलायमान नहुँदा मेसिनमा खिया लागेजस्तै मानिसको शरीरमा पनि खिया लाग्ने भन्दै शरीर चलायमान बनाउनका लागि पनि नृत्य अति नै अवश्य रहेको उनको भनाइ छ । धेरै नृत्यहरू लोप हुँदै गइरहेको भन्दै त्यसको संरक्षण गर्नु पर्ने उनले बताए ।       

कार्यक्रममा नृत्य निर्देशक सङ्घ भक्तपुर शाखाका अध्यक्ष चूडामणि फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय तथा पत्रकार महासङ्घ उपत्यका समितिका सदस्य अर्जुनबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।