तिप्लिङ न्यूज
मिति २०७८ साउन १८ गते
भक्तपुर

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन २०७८-०४-१६ मा गठ्ठाघरको चिकेन स्टेशनमा सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्ष दिपक बज्राचार्य ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ रहनु भएको थियोे ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ , महासचिव नृपध्वज खत्री ,सह-कोषाध्यक्ष केशव कोईराला तथा केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठज्युको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्ला शाखाबाट अध्यक्ष बुद्ध लामा ,सचिव देवराज गुरुङ ,सह-कोषाध्यक्ष छिरिङ लामा,सदस्य अनिल भुजेल ,निरु फुयाल ,पुर्ण लामा ,लक्ष्मी पुरी ,विकास भारतीको उपस्थिति रहेको थियो ।
ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देसार,सदस्य रचना महर्जन तथा विमला महर्जनको उपस्थिति रहेको थियो ।
काभ्रे जिल्ला शाखा बाट सह-सचिव रविन्सन श्रेष्ठको उपस्थिति रहेको थियो ।

रेडियो हिमालयनका प्रबन्ध निर्देशक रमेश गिरी ,सञ्चारकर्मी सागर गुरागाई, लायन्स क्लब अफ नमस्ते भक्तपुरका चार्टड प्रेसिडेन्ट रुकेस रंजित ,सचिव अनिल न्यौपानेको उपस्थिति रहेको थियो ।

चाणक्य स्कुलका प्रिन्सिपल गणेश पोखरेलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष दिपक बज्राचार्य ,सचिव चुडामणि फुयाल तथा कोषाध्यक्ष प्रदिप श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए । नृत्य निर्देशक संघ भक्तपुर जिल्ला शाखाबाट मञ्जुश्री ,कौडा र झ्याउरे नृत्य पनि प्रस्तुत समेत गरिएको थियो ।

कार्यक्रममा काभ्रे जिल्ला शाखाका सह-सचिव रविन्सन श्रेष्ठ, ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देसार,केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामा केन्द्रीय महासचिव नृपध्वज खत्रीले तथा लायन्स क्लब अब नमस्ते भक्तपुरका चार्टड प्रेसिडेन्टले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले कोभिड१९ को समयमा सहयोग गर्ने संघका सम्पूर्ण पदाधिकारीहरु लाई सम्मान गर्नुका साथै चिकेन स्टेसन ले स्थान उपलब्ध गराई सहयोग गरेकोमा सम्मान गरेको थियो ।
TikTok Star Male 2020 बाट पुरस्कृत हुनुभएको समीर शंखदेव लाई पनि सम्मान गरिएको थियो ।

नमस्ते ख्वप टिभी तथा D-DAN भक्तपुर जिल्ला शाखाको राहत अभियानमा ज्यानको पर्वाह नगरि अग्रपंक्तिमा बसेर सेवा गर्ने चुडामणि फुयाल ,रञ्जना सितिखु ,समीर शंखदेव र नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ लाई विशेष सम्मान गरिएको थियोे ।

प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठ ले राहत अभियानको प्रसंशा गर्दै राष्ट्रिय नृत्य महोत्सव २०७८ लाई पनि भक्तपुरमा सभ्य र भब्य बनाउन सहयोग गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कलाकार लाई विशेष अतिथि ले प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने लायन्स क्लब अफ नमस्ते भक्तपुरका प्रेसिडेन्ट रुकेश रंजित लाई विशेष अतिथि द्वारा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

विशेष अतिथि भुवन दास श्रेष्ठ भक्तपुर जिल्ला शाखाको प्रसंशा गर्दै आउने नयाँ कार्यसमिति लाई बधाई दिनुभएको थियो । सभापतिले कार्यक्रम समापनको घोषणा गर्दै आउने कार्यसमिति लाई बधाई दिदै दोस्रो अधिवेशनको प्रक्रियाको लागि सम्पूर्ण जिम्मा निर्वाचन अधिकृत गोविन्द पाण्डे लाई दिनुभएको थियो ।

निर्वाचनमा सम्पूर्ण टिम निर्विरोध निर्वाचित हुनुभएको थियो । सम्पूर्ण नयाँ कार्यसमिति सदस्यहरुलाई केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले पद तथा गोपनियताको सफद ख्वाउनु भएको थियो ।निवर्तमान अध्यक्ष ले नयाँ कार्यसमितिको अध्यक्षलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

नयाँ कार्यसमिति
अध्यक्ष :चुडामणि फुयाल
उपाध्यक्ष :नारायणी थापा मगर
उपाध्यक्ष :प्रदिप श्रेष्ठ
सचिव : समीर शंखदेव प्रजापति
सह-सचिव :मेरिका राई
कोषाध्यक्ष :रञ्जना सितिखु
सह-कोषाध्यक्ष :अष्ट मान लामा
सदस्य :तुल्सी राम श्रेष्ठ
सदस्य :राजेश कमल क्षेत्री
सदस्य :परमेश्वरि कायस्थ
सदस्य :राजकुमार चक्रधर