तिप्लिङ न्यूज
मिति २०७८ साउन १७ गते
काठमाडौं

गायक छिरिङ ग्याबाको सोलुको आईराक बोलको सेलो गीत आन्भि प्रोडक्सन बाट स्रोता दर्शक माझ ल्याएको छ ।

गायक छिरिङ ग्याबाकै शब्द संगीत र स्वरमा रहेको गीतको भिडियो एक कार्यक्रम गरि सार्वजनिक भएको हो ।

आर.बि सिङदानले संगीत संयोजन एवम ध्वनि सम्पादन गरेको गीत हलेसि डिजिटल स्टुडियोमा रेकर्डिङ गरेका हुन ।

भिडियोमा गायक छिरिङ ग्याबा र कलाकार सुस्मा मोक्तानको अभिनय र नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशक अभि लामाले निर्देशन गरेको भिडियोको दृष्य सम्पादन पनि अभि लामालेनै गरेको हो ।

विजय लामाले खिचेको भिडियो समग्रमा राम्रो बनेको छ । काठमाडौं आसपासमा छायांकन गरेको भिडोयोमा दृष्यहरु हरियालि भएकोले झनै राम्रो देखिएको छ । भिडियो हेर्नुहोस