तिप्लिङ न्यूज
मिति २०७८ साउन ८ गते
काठमाडौं
चर्चित गायक विशाल काल्तानको स्वर र संगीतमा रहेको तामाङ सेलो गीत सार्वजनिक भएको छ ।
राजेन्द्र ङ्यासुर तामाङ (बाबु) को शब्द रहेको गीत दुच्छे म्युजिक क्रियसन बाट सार्वजनिक गरेको हो ।
स्रोता दर्शकले यस गीतमा सदाको भन्दा केही फरक स्वाद पाउने छन् । उर्गेन लामा दोङले संगीत संयोजन गरेको गीतको ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन।
गीतको भिडियोमा गायक तथा संगीतकार विशाल काल्तानलाईनै देख्न सकिन्छ । एउटै कोठा भित्र तयार भएको गीतको भिडियो समग्र राम्रै देखिन्छ । सेलो गीत Biurn Studio Nepal मा रेकर्ड गरिएको हो ।
गीत सुन्नुहोस
अर्को पनि हेर्नुहोस