तिप्लिङ न्यूज
मिति २०७८ साउन ६ गते
काठमाण्डौं

“थे एला बोलि” तामाङ प्रेम गित सार्वजनिक भएको छ । तामाङ कलाकारिता जगतका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानको सभापतित्वमा यस गितको अफिसियल भिडियो प्रेसमिट गरी सार्वजनिक गरेको थियो् ।

कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकाश लामा प्रमुख आतिथि र क्षेत्र नं. २ क्षेत्रीय सभापति आइतामान तामाङ बिशेष आतिथिको रुपमा तथा अन्य युवा नेताहरु, व्यवसायीहरु र कलाकारहरु अतिथिको रुपमा उपस्थित थिए ।

युवा नेता, युवा व्यवसायी एवं मोडल अरुण लामा र लोकप्रिय मोडल निरान्जली लामाको अनस्कृन रोमान्सलाई भिडियोमा कैद गरिएको छ । तामाङ प्रेम गितमा मोडल अरुण लामाकोे यो तेस्रो सहकार्यमा बनेको भिडियो हो ।

यस गितको शब्द, संगित अनि स्वर समेत विशाल काल्तानकै रहेको छ । विशाल काल्तानलाई स्वरमा साथ दिएकि छिन लोकप्रिय गायिका जितु लोप्चनले । कृष्ण ब्लोनको निर्देशनमा बनेको भिडिया जिग्मे मिडियाका संचालक सुर्य लामाले छायांकन, सम्पादन र कलरिङ गरेका छन् । भिडियोलाई जिग्मे मिडिया युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

“थे एला बोलि”

PRADEEP LAMAS’S New SONGS VIDEO COLLECTION