तिप्लिङ न्यूज
मिति २०७८ असार २९
काठमाडौं

सेलो गीत संगीतलाई धेरै माया गर्ने कर्ण बहादुर तामाङ र मन्दिरा लोप्चनको लगानिमा नयाँ तामाङ सेलो बजारमा आएको छ ।

घरदेशि र परदेशिको दिदी भाईको कथा बोकेको गीत Click Nepal युटुब बाट सार्वजनिक भएको हो ।

बरिष्ठ गायक चन्द्र कुमार दोङ र गायिका इन्दिरा गोलेको स्वरमा रहेको गीतको संगीत कुसल संगीतकार अमृत लामाले गरेका हुन ।

बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलेनै संगीत संयोजन गरेको गीतमा शब्द रचना कुमार स्याङबाको रहेको छ ।

सेलो गीत नक्सालमा रहेको जेनेरिक स्टुडियोमा बिक्रम तामाङले रेकर्ड गरेको हो भने ध्वनि संयोजन दिपेन्द्र सोनिले गरेका छन।

गीतको भिडियो पनि चाँडैनै सार्वजानिक हुने निर्माण पक्षले जनाएको छ । भिडियोको निर्देशन भने बुद्ध लामा तितुङले गर्ने भएको छ ।

सुनै त जोख्ने बोलको गीत सुन्नुहोस

मयुङ बुरिङ खान्दोके सेलो