तिप्लिङ न्यूज
मिति २०७८ असार १५
सिन्धुपाल्चोक

नेपाल तामाङ कलाकार संघले दोस्रो चरणको राहत वितरण गरेको छ । भिषन बाढिका कारण सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँ पालिका , पाँचपोखरि थाङपाल गाउँ पालिका र मेलम्चि नगर पालिकामा ठुलो क्षेति पुगेको थियो ।

कतिको घरनै बगाए भने , कति बेपत्ता छन कतिको उब्जाउयुक्त खेतबारिनै बगाए । नेपाल तामाङ कलाकार समघले यो भन्दा अगाढि हेलम्बु आसपासमा राहत वितरण गरेको थियो भने यो दोस्रो चरणमा पाँच पोखरि थाङपाल गाउँ पालिका वडा २ मा राहत वितरण गरेको छ ।

प्रतिकुल मौसम र जोखिमपूर्ण मार्ग (रातो , हिलाम्मे अनि चिप्लो बाटो) को चुनौतीलाई समेत उल्टै चुनौती दिएर नेपाल तामाङ कलाकार संघले सिन्धुपाल्चोक , पाॅचपोखरी थाङपाल गापा – 2 , स्थित याङरी , सुनचौर , छ्युदुक्पा र टासिपाका 70 घर परिवारलाई (करीब पाॅच लाख बराबरको )राहत सामग्री र बाढीले घर बगाएका 7 परिवारलाई रु 10,000 दश हजार (साकुरा एसियन अनलाइन टिभी परिवारबाट प्रायोजित रु 60,000 साठ्ठी हजार + हाम्रो 10,000 दश हजार गरी जम्मा रु 70,000) का दरले नगद बितरण गर्न सफल भएको छ ।

भारी बर्षा र त्यससँगै गएको पहिरोको उन्मादमा याङरी र लार्के खोलाको अराजक बेगले ध्वस्त भौतिक संरचना र पिडित मनहरूसँग केही क्षण साक्षात्कार गरी उहाॅहरुको बिक्षिप्त पीडालाई देश बिदेशबाट प्राप्त पबित्र सहयोगको बलले थोरै भए पनि मलमपट्टि भएको छ ।

भुपु सैनिक समाज गोर्खा रिजर्भ युनिट ब्रुनाई , दारुसलमले रु २,०००००सहयोग (रु दुईलाख) सहित साकुरा एसियन अनलाइन टिभी परिवार ,ओसाका जापानको पनि सहयोगलाई नेपाल तामाङ कलाकार संघले समन्वय गरेर राहात लगिएको थियो ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईबा भन्नु हुन्छ ` याङरिका वडा अध्यक्षद्वय पासाङ लामाले त्यहाॅको अवस्थाको बारेमा शुरुमा सुचना प्रदान गर्नुभएको थियो । त्यहाँको अबस्था बारे जानकारी पाउन साथ हामी चुप बस्न सकेनौं र राहतको तयारी गर्यौं ।

राहात संकलनमा आर्थिक, नैतिक,भौतिक रुपमा साथ सहयोग गर्नु हुने सम्पूर्ण देशबिदेशमा रहनुहुने सहयोगी मनहरु , यात्रा र कार्य सफलताको कामना गर्नुहुने शुभचिन्तकहरुलाई नेपाल तामाङ कलाकार संघले विशेष धन्यवाद समेत दिएका छन ।