तिप्लिङ न्यूज
मिति २०७८ असार १३ गते
मकवानपुर

गायक तथा संगीतकार प्रकाश तामाङ्गको “ताम्बाको छोरो” बोलको तामाङ सेलो गीतको भिडियो सार्वजानिक भएको छ ।

“ताम्बाको छोरो” बोलको गीत शनिबार प्रकाश तामाङ्गको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो ।

गायिका बिमला थिङको स्वरमा रहेको ताम्बाकि छोरि बोलको गीतको मेल भर्जनको रुपमा ताम्बाको छोरो बजारमा ल्याएको हो ।

आस्मान लोप्चनको शब्द र गायक तथा संगितकार प्रकाश तामाङ्गको आवाज र संगितमा रहेको गीतको म्युजिक भिडियो मकवानपुरको पश्चिमी क्षेत्र मनहरीको विभिन्न स्थानमा छायाङकन गरेको हो ।

गीत चाँद सिंले एरेन्ज गरेका हुन भने एस.पी. मुस्कानले मिक्सिङ्ग गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश तामाङ्गले नै गरेका छन् ।

म्युजिक भिडियोमा वर्षा मोक्तान , प्रकाश तामाङ्ग र निरु थिङको अभिनय रहेको देख्न पाइन्छ भने बाल कलाकारको रोलमा सुलभ लामा , अरुणा तामाङ्ग र सिभम लामाको अभिनय देख्न सकिन्छ ।

भिडियो लिङ्क