तिप्लिङ न्यूज
मिति २०७८ जेष्ठ २० गते
सिन्धुपाल्चोक

युवा संघ नेपालका केन्द्रीय सदस्य एवं समाजसेवी लायुर लामा काठमाडौमा ज्यालादारी गर्ने मजदुरहरुको सहारा बनेका छन्।

लामाको पहलमा निषेधाज्ञा प्रभावका कारण काठमाडौंमा ज्यालादारी गर्ने मजदुरहरुलाई आवश्यक खाद्यान्न सामाग्री वितरण गरेको हो ।
स्थाइ बसोबास इन्द्रावती ९ मा भई कामको शिलशिलामा काठमाडौंमा ज्याला मजदुर गर्नेहरुको निम्ति राहत प्याकेज वितरण गरिएको युवा संघ नेपालका केन्द्रीय सदस्य एवं समाजसेवी लायुर लामाले बताएका छन ।

उनका अनुसार निषेधाज्ञाको प्रत्यक्ष प्रभावित काठमाडौंमा बसोबास गर्ने वडा बासिहरुका निम्ति वडा अध्यक्ष बाबुराम लामा सँगको समन्वयमा राहत वितरण गरेको हो ।

तीन दिन देखि राहात वितरण गर्ने क्रममा हिजो सम्ममा १२२ घरपरिवार चामल , दाल , तेल लगायतका खाद्य सामग्री वितरण गरिसकेका छन् ।

यदि कुनै त्यस्तो समस्या परेमा सम्पर्क गरिदिनु हुन लामाले आग्रह समेत गरे । वडाबासिहरुका निम्ति हरकदम सहयोगका निम्ति अग्रपंक्तिमा लगिरहने लामाले प्रतिवद्वता समेत जनाए ।

कोहि कसैलाई अप्ठ्यारो परेमा सम्पर्कका लागि लायुर लामा 9851114956

भिडियो खान्दोके सेलो