तिप्लङ न्युज
मिति २०७८ बैशाख २२
काठमान्डौं

संगीत यस्तो चिज हो जस्ले जो कोहिलाई मोहित बनाउछ । त्यस्तै संगीतको मोहले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर –२ बरुवामा जन्मेका प्रदिप लामा लाई पनि मोहित बनायो ।

संगीतको मोहले यति सम्म तान्यो कि अहिले प्रदिप लामा गायक प्रदिप लामा बनेका छन । केही समय अघि मात्र गायक प्रदिप लामाको दुई एल्बम दृष्टिकोण र सम्झना मनैमा सार्वजानिक भएको छ । आफ्नै गाउँ बरुवामा एक विशेष कार्यक्रम सहित सार्वजानिक भएको एल्बम दृष्टिकोणमा ७ वटा गीतहरु समाबेस छन भने एल्बम सम्झना मनैमा ८ वटा गीतहरु समाबेस छन ।

एल्बम दृष्टिकोनमा समेटिएका गीतहरु हुन – मायालुले ,तामाङ सेलोमा,
मेरो जीवन, सधै आपत , तिम्रो माया दामि ,मन मनै र हे निष्ठुरि लगाएतका गीतहरु समेटिएका छन ।

त्यस्तै एल्बम सम्झना मनैमा भने सम्झना मनैमा, मोहनि लाईदिउकि ,
आफु गरिब ढुङगो , मायाले बोलाको , हेलम्बु माथि , माथि त सोलु लुक्लामा ,
सम्झना आयो र बिर्सनालाई खोजे लगायतका गीतहरु समेटिएका छन ।

गायक प्रदिप लामाको एल्बम मा नसमेटिएका गीतहरु समेत बजारमा भेट्टाउन सकिन्छ । बिभिन्न भाषाभाषिका गीत समेत गायाका प्रदिपे नेपाली , तामाङ सेलो , ह्योल्मो र टिब्याटन गीतहरु पनि गाईसकेका छन ।

बुबा बाबू लामा र आमा सेल साङमो स्याङबोको कान्छो छोराको रुपमा २०५४ साल बैशाख १० गते प्रदिप लामाको जन्म भयो । बाल्यकाल गाउँमै विताएका प्रदिप लामाले आफ्नो प्राथमिक शिक्षा गाउँकै श्री गणेश प्राथमिक विद्यालय बाट उतिर्ण गरे भने माध्यामिक तहको शिक्षा श्री चण्डिका माध्यामिक विद्यालयबाट उतिर्ण गरे । २०७० सालमा एस एल सि परीक्षा दिएका प्रदिप उच्च शिक्षाका लागि काठमाडौ लागे ।

आफ्नो बाल्यकाल गाउँमै बिताएका प्रदिप लामालाई काठमाडौ यानिकि सहरिया वातावरणमा घुलमिल हुन केही असहज त भयोनै । असहज भएता पनि उनले उच्च शिक्षा काठमाडौबाटै पुरा गरे ।

संगीतको मोहले काठमाडौं सम्म तानेका उनले पढाइ संगै संगीतलाई पनि अघि बढाउने निर्णय गरे । केही बर्ष संगीत सिकेका प्रदिप लामाको सांगीतीक पहिलो गुरु हुन कुन्ति मोक्तान । पढ्दै संगीत सिक्दै गर्ने क्रममा उनको जिन्दगिमा धेरै उतारचडापहरु आए । सहरिया जीवन सबै कुराको सुविधा भए पनि कहिले आर्थीक अभावका कारण घण्टौं सम्म हिड्नु परेको र कत्ति दिनहरु भोक्कै कटाएको तितो अनुभव समेत प्रदिप लामा संग छ ।

नेपाल प्रहरिमा रहेर राष्ट्र सेवा गर्ने राष्ट्र सेवक बन्ने आफ्नो सपना समेत आर्थिक अभावकै कारण पूरा नभएको बताउछन । राष्ट्र सेवक बन्न नसके पनि अहिले गीत संगीतको माध्यमबाट सबैलाई खुशि बनाउन लागि परिरहेका छन गायक प्रदिप लामा । आफ्नो सांगीत यात्रामा घरपरिवारको खासै साथ समर्थन नरहे पनि आफ्नो कान्छि दिदी चिनि माया लामाले भने विशेष सहयोग गरेको बताउछन ।

सांगीतिक यात्राको क्रममा देश विदेश समेत घुमि सकेका गायक प्रदिप लामाले छोटो समयमा धेरै स्रोता दर्शकको मन जितेकै हो । २०७२ सालमा आफ्नो पहिलो गीत रेकर्ड गराएका प्रदिप लामाले अहिले थुप्रै गीतहरु गाईसकेका छन । २०७२ सालको बैशाख १० गते आफ्नो जन्म दिनकै अवसरमा पहिलो गीत रेकर्ड गाराएता पनि त्यस्को लगतै बैशाख १२ मा महाविनासकारि भुकम्पका कारण गीतलाई बजारमा ल्याउन भने सकेनन् ।

धेरै मेहेनतका साथ आफ्नो पहिलो गीत रेकर्ड गराएका प्रदिप लामाको भुकम्पले घर मात्रै भत्काएको होईन आफनो सपना समेत भत्काएको अनुभुति भएको बताउछन । तर समय संगै सबै चिब बिस्तारै पुरानो जस्तै हुँदै गयो ।

हेर्दा मिलेको जिउडाल , हाँसिलो मुहार , गोरो बर्णको प्रदिप लामा सबै साथिभाईसंग मिल्ने स्वाभावका छन । मिठ्ठो बोली र कोमल हृदयकै कारण प्रदिप लामा धेरै युवतिहरुको रोजाईमा समेत पर्छन ।

गायक मात्रा नभई प्रदिप लामा मोडल समेत हुन । उनले अहिले सम्म आफ्नो गीत बाहेक आधा दर्जन गीतको भिडियोमा अभिनय गरिसकेका छन । गायक राजु लामा , गायक संजय लामा , गायक बिक्रम तामाङ लागएतका गायकहरुको गीतमा प्रदिप लामालाई देख्न सकिन्छ ।

आफ्नो सांगीतिक यात्रामा आफुलाई विभिन्न माध्यम बाट औपचारिक एवम अनौंपचारिक रुपमा साथ दिने सबै संगीतकार रचनाकार , संगीतक संयोजक रेकर्डिस्ट ध्वनि संयोजक एवम सबै सबै सबै स्रोता दर्शकको साथ सहयोग र माया प्रति आफु विशेष आभारि रहेको बताउछन ।

सानै देखि गीत संगीत धेरै सुन्ने प्रदिप लामाले धेरै रेडियो क्यासेटहरु बिगारेका छन । रेडियोमा बजेका गीतहरु कसरी बजे कस्ले गाए होलान यो रेडियो भित्र को होलान भनेर रेडियो खोलेर हेर्दा बाजेको कुटाई समेत खाएको सम्झना अझै ताजा रहेके बताउछन् ।

प्रकृति प्रेमि प्रदिप लामा धेरै घुम्न रुचाउछन । धर्मामा आस्था समेत राख्ने प्रदिप लामा सहयोगी स्वाभावका पनि छन ।

सांगीतिक यात्रामा लामो दुरिको यात्रि प्रदिप लामाको संघर्ष देख्दा लाग्छ उनको जिन्दगिमा उनलाई सोचे भन्दा धेरै सफल्ता मिल्ने छ । हाम्रो यस ऋष्अिप ल्भउब िपरिवारको तर्फबाट पनि गायक प्रदिप लामालाई सुस्वाथ्य, दिर्घायु एवम सांगीतिक सफल्ताको अनगिन्ति शुभकामना । जय गीत जय संगीत जय नेपाल …..

संघर्षका कथा भिडियो