तिप्लिङ न्यूज
मिति २०७८ बैशाख ६ गते
सिन्धुपाल्चोक

नेपाल कम्युनिस्ट पार्टि विभाजन संगै आफ्नो पार्टि बलियो बनाउन यति बेला दुई पार्टि नेकपा माओवादी केन्द्र र नेकपा एमाले संगठन बनाउने क्रममा छन ।

यस्तै सिन्धुपाल्चोक जिल्लामा पनि आफ्नो पार्टि बलियो बनाउन नेकपा एमालेले आफ्नो भातृ संगठन युवा संघ गठन गरेको छ ।

युवा संघ नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा हेमेश तामाङ आएका छन भने क्रमश उपाध्यक्ष सौगात कर्मचार्य , सचिव रेशम प्रधान, सह-सचिव समीर तामाङ र कोषाध्यक्षमा पदम श्रेष्ठ चयन भएका छन ।

युवा संघ नेपालको केन्द्रीय अध्यक्ष नरेश शाहिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका प्राय सबै नेता उपस्थित थिए ।