तिप्लिङ न्यूज
मिति २०७८ बेशाख ५ गते
ललितपुर

मिति २०७८ बैशाख ४ गते शनिबार नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाद्वारा नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम कुमारी पार्टी प्यालेस सभाहालमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ललितपुर जिल्लाका अध्यक्ष श्री प्रदिप रमण सिं डंगोलज्यू सभापति तथा नृत्य निर्देशक संघ नेपाल का केन्द्रीय अध्यक्ष श्री भूवन दास श्रेष्ठज्यू प्रमुख अतिथि को रुपमा रहनुभएको थियो ।

कार्यक्रममा शाखाका सल्लाहकारज्यूहरु वरिष्ठ नृत्य निर्देशक, कलाकार नारायण देवि प्रधानज्यु, वरिष्ठ नृत्य निर्देशक मोहन ब्यन्जनकारज्यु, वरिष्ठ नृत्य निर्देशक गौतम नकर्मीज्यू, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यज्यू को उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिज्यूले नाट्येश्वरको मूर्ति मा पूजा गरी पानसमा दियो बालि कार्यक्रम लाई उद्घाटन गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायज्यू, केन्द्रीय सचिव ज्ञान बहादुर महर्जनज्यू, केन्द्रीय प्रवक्ता तथा सदस्य हृषिकेश श्रेष्ठज्यू, काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामाज्यू, भक्तपुर जिल्ला सचिव चूडामणि फूंयालज्यू, सल्लाहकारको तर्फबाट मोहन ब्यन्जनकारज्यूले आफ्नो विचार तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भक्तपुर जिल्ला कोषाध्यक्ष प्रदिप श्रेष्ठ, सदस्य समिर शंखदेव प्रजापति, ललितपुर जिल्लाका सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शाखाका सहसचिव सुरेन्द्र देसारज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको निकै नै महत्वपूर्ण चरणमा नेपाल सरकारको तर्फबाट २०७७ सालको सुप्रबल जनसेवा श्री तृतीय पदकवाट विभूषित हुनुभएका शाखाका सल्लाहकार श्री नारायण देवी प्रधानज्यूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

शाखा को कार्यकारिणी समितिमा प्रवेश गर्नुभएका रचना महर्जनज्यू लाई स्वागत गरियो। साथै शाखामा आवद्ध हुनुभएका आजीवन सदस्यज्यूहरु, साधारण सदस्यज्यूहरूलाई पनि प्रमाण पत्र तथा परिचय पत्र सहित स्वागत गरिएको थियो। कार्यक्रमको विशेष आकर्षण भित्तेपात्रो (Calendar) विमोचनलाई मन्चमा आसिन छ जना ब्यक्तित्वहरूवाट सामूहिक रुपमा सम्पन्न गरिएको थियो ।

भित्तेपात्रो प्रकाशनमा संयोजक भई जिम्मेवारी वहन गर्नुभएका सुरेन्द्र देसारज्यूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।साथै स्थान उपलब्ध गराउन भएकोमा कुमारी पार्टी प्यालेस लाई मायाको चिनो प्रदान गरिएको थियो। प्रमुख अतिथि भूवन दास श्रेष्ठज्युले ललितपुर शाखाको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी तथा आगामी कार्यक्रमको लागि शुभकामना व्यक्त गर्नुभयो ।

अन्तमा सभापतिज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउन हुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभई सभा विसर्जन गर्नुभएको थियो ।

कार्यक्रमलाई शाखाका सचिव मिनर्वा शर्मा राजोपाध्यायले संचालन गर्नुभएको थियो ।
तामाङ सेलो