तिप्लिङ न्यूज

मिति २०७७ चैत २९ भक्तपुर

 

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको नयाँ वर्ष २०७८ तथा ऐतिहासिक बिस्का जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम २०७७/१२/२९ गते गठ्ठाघर,भक्तपुरको चिकेन स्टेसनमा सम्पन्न भएको छ। नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्ष दिपक बज्राचार्यज्युको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ उक्त कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

विशेष अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, अतिथिहरु क्रमश नृत्य निर्देशक संघ नेपालका वरिस्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ , केन्द्रीय महासचिव निरिप ध्वज खत्री ,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईरालाको उपस्थिति रहेको थियो । त्यस्तै गरी नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला शाखाबाट सचिव मिनर्वा शर्मा ,सह -सचिव सुरेन्द्र देसार, काठमाडौं जिल्ला शाखाका सचिव देवराज गुरुङको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा सञ्चारकर्मी सागर गुराँगाई तथा आस्मान लोप्चनको पनि उपस्थिति रहेको थियो ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका सह-सचिव तथा कार्यक्रम संयोजक मेरिका राईले शुभकामना मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रमका अतिथिहरुले नयाँ वर्षको तथा बिस्का जात्राको शुभकामना दिँदै सम्मानित व्यक्तिहरु लाई बधाई दिनुभएको थियो ।

विशिष्ट अतिथि नृत्य निर्देशक संघ नेपाल केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखामा आवद्ध आजीवन सदस्य तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नु भएका साथै सल्लाहकार देवचन्द्र बज्राचार्य ज्यु लाई सल्लाहकारको नियुक्त पत्र पनि प्रदान गरिएको थियो । प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ द्वारा National Entertainment Awards 2021 मा Best Newa Music Video Female Model Awards मा पुरस्कृत हुन सफल नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाकी कार्यसमिति सदस्य रञ्जना सितिखु त्यसैगरी सूचना तथा संचार प्रविधि मन्त्रालयको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य पदमा मनोनित हुनु भएको तथा Asia’s Youngest Entrepreneur Award For The Year 2020/2021 बाट सम्मानित हुनुभएका नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठज्यु लाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखा बाट प्रकाशित क्यालेन्डर विमोचन गर्नुभएको थियो । मनोनित सल्लाहकार तथा सम्मानित व्यक्तिद्वारा संघलाई धन्यवाद दिनुभएको थियो ।कार्यक्रममा आफ्ना भनाइ राख्दै विषेश अतिथि भुवन दास श्रेष्ठले भक्तपुर शाखाको प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै गरी कार्यक्रमका अतिथि मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले आगामी २०७८ साल फागुन ६ गते मनाउने राष्ट्र नृत्यदिवस भक्तपुरमा मनाउनको लागि थिमी नगरपालिकाले सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रमका सभापति दिपक बज्राचार्यले प्रमुख अतिथि तथा विशेष अतिथिलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिँदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका सचिव चुडामणि फुयालले गर्नुभएको थियो ।