तिप्लिङ न्यूज
२०७७ चैत २२ गते
काठमाडौं

गायिका जितु लोप्चनको आफ्नै अफिसियल युटुब बाट च्यान्ना फुर्ति बोलको तामाङ सेलो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीतमा तयार भएको गीतलाई जितु लोप्चन र युनिक दोङले स्वर दिएका छन ।

चाँद सिङको संगीत संयोजन रहेको गीतलाई दिपेश प्रधानले ध्वनि सम्पादन गरेको हो ।

गीतको भिडियो भने जिग्मे मिडियाले तयार गरिएको हो । गायिका जितु लोप्चनको आफ्नो नयाँ अफिसियल युटुब भएकोले आफ्नो नयाँ गीत संगीत सुन्न र हेर्नका लागि युटुबलाई Subscribe गरिदिन समेत सबैलाई अनुरोध गरेका छन ।

चर्चित गायिका जितु लोप्चन र युनिक दोङको गीत च्यान्ना फुर्ति