तिप्लिङ न्यूज
मिति २०७७ चैत १७ गते
काठमाडौं

गायक मीन योन्जन र गायिका अन्जु थोकरको स्वरमा रहेको सेलो गीत दोङजोला नामेसे भिडियो सहित सार्वजनिक भएको छ ।

कुईसाङ रुम्बा अफिसियल युटुब बाट गीतको भिडियो सार्वजानिक भएको हो ।

गीतको शब्द गायक स्वयम मीन योन्जनले लेखेका हुन भने संगीत र संगीत संयोजन भने सानुबाबु घिसिङले गरेका हुन ।

सरगम स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनी सम्पादन दिपेश प्रधानले गरेको हो । भिडियोमा युद्ध लामा, जेनिशा घिसिङ,कुईसाङ रुम्बा र सर्मिला तामाङलाई देख्न सकिन्छ । भिडियोको निर्देशन युद्ध लामालेनै गरेका हुन भने भिडियोको छायांकन सम्पादन सुमन तामाङले गरेका छन ।

निर्देशनको पाटोमा युद्ध लामालाई डोल्मा शेर्पाले साथ दिएकि छिन । गायक मीन योन्जनको यो भन्दा अगाढिनै चरचित गीतहरु बजारमा आईसकेको छ । टिकटोक देखि फेसबुक सम्म भाईरल भएका गीतहरु मीन योन्जनकै हो । चस्सै रामसालि ,धेस्योक कान्छि जस्ता गीतहरुलाई युटुबमा भेट्टाउन सकिन्छ ।

भिडियो